– गोपाल प्रसाद भट्टराइ
सन्धिखर्क – अर्घाखाँचीको सन्धिखर्कमा संचालित डोलेश्वर बहूदेश्यिय सहकारी संस्थाले ९० जना विद्यार्थिलाई भविष्य बोक्ने झोला बितरण गरेको छ । डोलेश्वरको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सन्धिखर्क–८ नेपालीचौरमा रहेको नमुना विद्यालयको रुपमा परिचित जनता आधारभुत विद्यालयमा अध्ययनरत ९० जना बालबालिकालाई भविष्य बोक्ने झोला बितरण गरिएको हो ।
९० जनालाई ५० हजार बराबरको ९० थान झोला सहयोग गरिएको उक्त सहकारीले जनाएको छ । विद्यार्थिलाई झोला बितरण गर्दै सन्धिखर्क–८ का वडाध्यक्ष हुम प्रसाद बन्जाडेले सामुदायिक स्कुलको पहुँचमा समेत आउन अप्ठ्यारो परेका बालबालिकालाई झोला दिएर डोलेश्वरले उत्कृष्ट काम गरेको बताउनुभएको छ ।
राज्यको सिमित स्रोतले जनताका असिमित आवस्यकता पुरा गर्न कठिन भइरहेको सुनाउँदै वडाध्यक्ष बन्जाडेले मुलुकको समृद्धिका निम्ती सबैको हातेमालो अपरिहार्य रहेको बताउनुभएको छ ।
अहिले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको गुनासो आइरहेको बताउनुहुँदै वडाध्यक्ष बन्जाडेले सन्धिखर्कमा जहाँ विद्यार्थि त्यहाँ शिक्षकको व्यवस्थापन गरि शिक्षालाई सुधार गर्ने निति अगाडि सारिएको बताउनु भएको छ ।
डोलेश्वर बहूदेश्यिय सहकारीका अध्यक्ष मोतिराज शर्मा पौडेल र कार्यालय प्रमुख दिपक के.सी.ले गाउँको बसाइसराई, बेरोजगारी, सामाजिक विकृति जस्ता समस्याको निराकरण गर्न भुमिका खेल्ने उदेश्यका साथ आफुहरुले सहकारी स्थापना गरेको बताउनुभएको छ ।
सबैको साथ र सहयोग रहेमा जिल्लाको समग्र विकासमा एउटा इट्टा थप्ने आफुहरुको योजना रहेको उहाँहरुको भनाई छ । सामाजिक अगुवा पिताम्बर रायमाझीले देशमा वैदेशिक हस्तक्षेप बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
राजनितिक हस्तक्षेप मात्रै नभएर पश्चिमा संस्कृतिको दबदबाले नेपाली संस्कृति र परम्परा समेत गुम्ने अवस्थामा पुगेको उहाँको भनाई छ । अंग्रजी सिकाउने नाममा बालबालिकालाई पश्चिमा संस्कृति सिकाएर युवाभरि विदेश बेच्ने प्रवृती नरोके देश गम्भिर संकटमा फस्ने उहाँको भनाई छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिव प्रसाद पोख्रेलको अध्यक्षता, प्र।अ।गिता वेल्वासेको स्वागत मन्तव्य र शिक्षक केशवराज पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क–२ का वडा सदस्य खिम बहादुर मुखिया र अभिभावक सहित अन्य सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।