उत्तर पूर्वि अष्ट्रेलियामा भिषण बाढीका कारण सो क्षेत्र पूर्ण रुपले प्रभावित

उत्तर पूर्वि अष्ट्रेलियामा यो दशककै सवैभन्दा भिषण बाढीका कारण सो क्षेत्र पूर्ण रुपले प्रभावित बनेको छ। लगातार भएको भिषण वर्षाले क्विन्सल्या48ड क्षेत्र अस्तब्यस्त बनेको छ। भिषण वर्षापछिको बाढीका कारण खतरामा परेको थेओडोर शहरका सम्पूर्ण बाशिन्दालाई सुरक्षित स्थानतर्फ लगिएको उद्धार अधिकारीहरुले जनाएका छन्।

 

यसैगरी बाढीका कारण अस्तब्यस्त बनेको क्विन्सल्या48ड क्षेत्रमा करिब १ हजार  मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले थेओडोर र अन्य २ वटा शहरलाई प्राकृतिक विपत्तिको चपेटामा परेको क्षेत्र घोषणा गरेको छ। मौसमविदहरुले अझै केही दिन भिषण वर्षा जारी रहनसक्ने चेतावनी दिएपछि थेओडोर र त्यसवरिपरीको क्षेत्रमा थप संकट आइलाग्नसक्ने बताइएको छ। केही दिनदेखिको वर्षा र बाढीका कारण उत्तरपूर्वि अष्ट्रेलियामा १ अर्ब डलर भन्दा बढीको आर्थिक क्षति भएको छ।

 

बाढीका कारण सो क्षेत्रको कृषिभूमि नराम्ररी प्रभावित बनेको छ। हजारौ हेक्टर भूमिमा लगाइएको फसल काम नलाग्ने अवस्थामा पुगेको अधिकारहिरु बताउँछन्। उता दक्षिण पूर्वि तटिय क्षेत्रमा बाढीले २ सय घर डुबाएको छ। दक्षिणपूर्वि तटिय क्षेत्रको बून्डाबर्ग आवाशिय क्षेत्रमा भिषण वर्षाले अवस्था चिन्ताजनक बनाएको अधिकारीहरु बताउदछन्। अधिकारीहरुले लगातारको वर्षाले अझ बढी कृषिजन्य उत्पादनलाइ नष्ट गर्न सक्ने बताएका छन्। 

 

 उता अमेरिकाको दक्षिणी क्यालिफोर्निया क्षेत्रमा पुन भिषण वर्षा भएपछि अवस्था चिन्ताजनक बनेको छ। भिषण वर्षापछिको बाढीका कारण आवासिय क्षेत्रका सयांै घरहरु डुबानमा परेका छन्। भिषण वर्षाले स्थानीयवासीको दैनिक जीवन र सडक यातायात प्रभावित बनेको छ।