इस्लामीक धर्मगुरु पैगम्बर मोहम्मदको कार्टुन छाप्ने डेनिश पत्रिकाको कोपेनहेगन कार्यालयमा आक्रमणको योजना बनाएका ५ शंकास्पद इस्लामिक विद्रोहीलाई डेनमार्क प्रहरीले पक्राउ गरेको छ।
सन् २००५ मा मोहम्मदको विवादित कार्टुन छापेका कारण डेनिश पत्रिकालाई इस्लामिक अतिवादी समुहहरुले सो समयदेखि नै आक्रमणको प्रयास गर्दै आएका छन्। डेनमार्कको गुप्तचर संस्थाले सो डेनिश पत्रिकाको जिल्लान्ड्स पोष्टन नामक कार्यालयमा आक्रमण गर्ने र जतिसक्दो बढी मानिसहरुलाई मार्ने उद्देश्यले विद्रोहीहरु डेनमार्क प्रवेश गरेको बताएका छन्।
गुप्तचर अधिकारीहरुले पत्रिकाको कार्यालयमा मुम्बइमा भएको कमा48डो शैलीको आक्रमणको योजना बनाएको बताएका छन्। गुप्तचर अधिकारी र प्रहरीको सुझबुझको कारण विद्रोहीहरुको आक्रमणको प्रयासलाई बिफल बनाइएको डेनमार्क सरकारले जनाएको छ।