इजिप्टको एउटा चर्चमा भएको विस्फोटनबाट एकाईस जनाको मृत्यु

इजिप्टको उत्तरी भागमा पर्ने बन्दर्गाह शहर अलेक्जान्दरमा आज बिहान एउटा गाडीबम विस्फोट भएको छ। यसबाट कम्तीमा एकाईस जनाको मृत्यु हुनुका साथै अन्य त्रीचालीस जना घाइते भएका छन्।

                     उक्त विस्फोट आज बिहान सबेरै साढे एक बजेतिर भएको थियो। त्यति बेला उक्त चर्चभित्र मानिसहरु भर्खरै सम्पन्न नववर्षको मनोरञ्जन कार्यक्रमबाट निस्कन लागिरहेका थिए। उक्त विस्फोटपछि उक्त चर्च वरिपरि हुलदङ्गा भएको थियो भने प्रहरीका केही गाडीलाई आगजनी गरिएको थियो।

                     इजिप्टका राष्ट्रपति मुबाराकले सो काण्डको छानबिन गर्ने आदेश दिएर घाइतेहरुलाई समुचित उपचार दिनुपर्ने कुरा पनि व्यक्त गर्नुभएको छ। यसका साथै उहाँले यसमा परी मरेकाहरूका परिवारप्रति समबेदना पनि प्रकट गर्नुभएको छ। यसका साथै इजिप्टका प्रधानमन्त्री र धार्मिक क्षेत्रका व्यक्तिहरुले पनि छुट्टाछुट्टै रुपमा उक्त विस्फोटको निन्दा गर्नुभएको छ।

                     यस दुर्घटनाका लागि जिम्मेवारी लिन हालसम्म कुनै पनि संगठन वा व्यक्तिले घोषणा गरेका छैनन्।