इजरायलमा मारिएका १० जनाको परिवारलाई सरकारले दियो जनही १० लाख राहत

काठमाडौं । इजरायलमा हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई सरकारले जनही १० लाखका दरले रूपैयाँ राहत दिएको छ ।

1

अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को २२ असोजको मन्त्रिपरिषद्को निर्णय अनुसार इजरायल घटनामा परी निधन भएका नेपाली नागरिकका परिवारलाई राहत स्वरुप प्रतिपरिवार १० लाखका दरले आर्थिक सहायता उपलब्ध गराइएको छ । यसका लागि मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई रकम निकासा दिएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

1

 चालु आर्थिक वर्षमा मन्त्रालयले आर्थिक सहायता वितरणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि समेत ९ लाख ९५ हजार रुपैयाँ निकासा दिएको मन्त्रालयले जनाएको छ । गत असोजमा प्यालेस्टाइनको हमास लडाकुले इजरायलमा अप्रत्यासित आक्रमण गर्दा १० जना नेपालीको निधन भएको थियो । गाजाको किब्बुज भन्ने स्थानको आलुमिम फार्ममा प्रशिक्षणका लागि पुगेका नेपालीहरु हमासको आक्रमणमा परेका हुन् । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका थिए । उनीहरु पढ्दै कमाउँदै कार्यक्रमबाट इजरायल गएका थिए

 

111Open photo