नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचारको भइरहेको छ : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रुपमा चरम भ्रष्टाचारको युगमा मुलुक रहेको बताउनुभएको छ ।

शुक्रबार वैदेशिक सहयोगको प्रभावकारीता आधारित डा. डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सांसद वाग्लले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा नीतिगत सेटिङका आधारमा नियुक्ति समेत किनबेच हुने गरेको बताउनुभयो ।

1

सांसद वाग्लले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरुले वित्तिय पारदर्शीतामा बाँध्नुपर्छ भन्ने विषयको पक्षधर रहेको बताउनुभयो । उहाँले वैदेशिक सहायता निकायहरुले वित्त शर्त, वित्त अनुशासन र पारदर्शीतामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने बताउनुभयो ।

1

सांसद वाग्लले अहिले कागज मिलाएर अर्बौंको भ्रष्टाचार गर्ने काम भइरहेको बताउनुभयो । उहाँले ठेक्दार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको बताउनुभयो । उहाँले वैदेशिक एजेन्सीहरुले दिने सहयोगमा अझै पनि त्यस्ता ठाउँहरुमा निरपेक्ष रुपमा आर्थिक मितव्ययिताका लागि शर्त आवश्यक रहेको बताउनुभयो ।

1

सांसद वाग्लले प्रदेश सरकारहरुलाई पञ्चवर्षिय योजनाहरु बनाउन कन्सल्टेन्ट बुद्धिजीविहरुको आवश्यकता नभएको बताउनुभयो । उहाँले सरकारले बनाउने नीतिमा लैंगिक, धार्मिक, जातिय अवस्थालाई समावेश गर्ने खालका नीतिहरु बनाउनसके संघीयता त्यसको एउटा अंश हुनसक्ने बताउनुभयो । उहाँले सिंहदरबारमा १० जना एडभाइजर राखिएको तर अब कोशी, कर्णालीमा पनि राख्नुपर्छ भन्ने कुरा आफू सरकारमा गयौं भने खारेज गर्ने बताउनुभयो ।

सांसद वाग्लले खुद्रे खालका योजनाहरुमा पनि निर्मम भएर अगाडि बढ्ने बताउनुभयो । उहाँले बुझेको, देखेको र भोगेको कुरालाई कार्यान्वयन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले अति अल्पविकसितबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने कुरामा धेरै हाउगुजी भइरहेको बताउनुभयो । उहाँले वैदेशिक व्यापारमा सहुलियत कहाँ पाइन्छ, कहाँ गुम्छ र सम्भावित प्रतिष्पर्धी को हो ? भनेर गम्भिर भएर विश्लेषण कसैले नगरेको बताउनुभयो ।

सांसद वाग्लले ग्राण्ड लोनको अवस्था एलडिसी भएकै कारण लगभग शुन्य अवस्थामा रहेको बताउनुभयो । उहाँले विश्व बैंक, एडिबीहरुको सहयोग पनि भूराजनीतिकको आइरहेको बताउनुभयो ।

 

111Open photo