राष्ट्र संघीय सुरक्षा परिषदका पाँच वटा नयाँ अस्थायी सदस्य मुलुकको कार्यावधि हिजोबाट शुरु भएको छ। यी पाँच वटा मुलुकहरुमा भारत, दक्षिण अफ्रिका, कोलम्बिया, जर्मनी र पोर्चुगल समावेश रहेका छन। यी मुलुकहरुको कार्यावधि दुई वर्षसम्म चल्ने छ।
सुरक्षा परिषदमा भाग लिएका यी पाँच वटा नयाँ अस्थायी सदस्य मुलुकलाई गत अक्टोबरमा निर्वाचित गरिएको थियो।
सँयुक्त राष्ट्र संघमा जम्मा पन्ध्र वटा सदस्य मुलुक छन। तीमध्ये चीन, फ्रान्स, रुस, अमेरिका र बेलायत स्थायी सदस्य मुलुक हुन।