एमाले हंसपुर अर्घाखाँचीको ८ औ गाउँ अधिवेशन सम्पन्न

हंसपुर, अर्घाखाँची – नेकपा एमाले हंसपुर अर्घाखाँचीको ८ औ गाउँ अधिवेशन सम्पन्न भएको छ । अधिवेसनको उद्घाटन गर्दै नेकपा एमालेका नेता चेतनारायण आचार्यले शान्ति संविधान र अग्रगमनका लागि राजनीतिक दलहरुको बीचमा एकता कायम गर्नुपर्ने बताए ।

 

कार्यक्रममा मन्तव्य राख्दै एमालेका जिल्ला उपसचिव कुलदीप भुसाल र पूर्व जिल्ला सचिव जनार्दन खनालले एमालेले लिएको सहमतिको बाटोमा अन्य दलहरु आएमा देशमा देखिएका सबैखाले समस्या समाधान हुने बताए ।

 

एमाले हंसपुरका अध्यक्ष खड्क भुसालको अध्यक्षता र सचिव लक्ष्मण मरासिनीको संचालनमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य प्रेमनारायण गैरे सरत भुसाल जिल्ला सदस्य कुलचन्द्र मरासिनी निरबहादुर थापा क्षेत्रीय कमिटीका सदस्य रिमप्रसाद पन्थी गिरीराज पोख्रेल शिक्षक संगठनका विष्णुप्रसाद मिश्र बुद्धिजीवी संगठनका रामलाल सुनार विष्णु पोख्रेल ऋषिराम थापा सावित्रा विक लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

 

अधिवेशनले ऋषिराम थापाको अध्यक्षतामा १९ सदस्सीय गाउँ कमिटीको चयन गरेको छ ।



अन्य समाचारहरु