देशमा केही हुँदैन भनेर हिनताबोधको डढेलो लगाइँदैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश पछिल्लो समय निराशावादी र हिनातबोधसहितको सोचबाट ग्रस्त भएको बताएका छन् ।

1

आफ्नो तेस्रो कार्यकालको पहिलो वर्ष बिताएपछि आज (मंगलबार) राष्ट्रका नाममा सम्बोधन क्रममा उनले देशमा केही हुँदैन र भएन भन्ने चिन्तनले गाँजेको बताए । उनले सरकारविरुद्ध निराशावादीहरूले अनावश्यक हल्ला चलाएको भन्दै आफूले समृद्धिको बाटोमा दृढताका साथ अघि बढ्ने अठोट लिएको बताए ।

1

दाहालले देशमा गेम चेन्जर आयोजनाहरू निर्माणलाई सरकारले प्राथमिकता दिएको बताउँदै यसले विकासको ठूलो फड्को मार्ने बताए । प्रधानमन्त्रीले नेपालमा जलविद्युतको विकासका लागि नयाँ थालनी गरेको बताए । उनले आफ्नै पालामा नेपालमा लोडसेडिङ अन्त्य भएको दाबी गरे ।

111