काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यसम्पादन कमजाेर भएकाे अवस्थामा कसैलाई माफ गर्न नसकिने बताउनुभएकाे छ ।
आफ्नाे नेतृत्वमा सरकार गठन भएकाे एक वर्ष पुगेकाे अवसारमा आज मङ्गलवार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, ‘हामीलाई असफल हुने छुट छैन । कर्यसम्पादन कमजाेर भएकाे अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनिस्थितिमा छैन । कार्यक्षमता प्रमाणित गर्न नसके कसैले पनि ठाउँ ओगटिहरनु हुँदैन, छाडिदिनुपर्छ ।’
प्रधानमन्त्रीले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन जरुरी नभएकाे बताउनुभयाे ।
यस्ताे छ प्रधानमन्त्रीकाे सम्बाेधनकाे पूर्णपाठ–