आइभरीकोष्टका विवादास्पद राष्ट्रपति लरेन्ट बाग्बोले मुलुकको राजनैतिक गतिरोध शान्तिपूर्ण रुपमा अन्त्य गर्न क्षेत्रीय नेताहरुसँग वार्ता गर्न सहमत भएका छन्।
सोही प्रकृया अनुसार राष्ट्रपतिय निर्वाचनका प्रतिद्धन्द्वि नेता अलासान ओटाराको कामचलाउ मुख्यालयमा गरिदै आएको घेराबन्दी हटाउन उनी राजी भएका छन्। संयुक्त राष्ट्र संघले गत नोभेम्बर महिनामा भएको राष्ट्रपतिय निर्वाचनमा ओटारा विजेता रहेको बताइसकेको छ। यद्यपी बाग्बोले भने राष्ट्रपतिको पद छाड्न अझै पनि अस्विकार गर्दै आएका छन्।
उता एकोवासले आफ्नो अडान नत्यागेमा बाग्बोलाई बल प्रयोग गरी हटाइनेसम्मको धम्की दिइसकेको छ। २ महिनाअघि सम्पन्न राष्ट्रपतिय निर्वाचनमा विपक्षी उम्मेदवार ओटाराले स्पष्ट जित हासिल गरेको आइभरीकोष्टको निर्वाचन आयोगले जनाएको थियो। यद्यपी आइभरीकोष्टको संबैधानिक परिषदले मतपरिणामलाई उल्टाउदै बाग्बोलाई नै राष्ट्रपति सदर गरेको थियो।