काठमाडौं । नेपालका पूर्वराष्ट्रपति रामवरण यादवले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
शनिबार काठमाडौंमा ‘विपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
पूर्वराष्ट्रपति यादवले अहिलेको सरकारले र अहिलेको नेपाली कांग्रेससहितका पार्टीहरुले राम्रो काम गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको बताउनुभयो । पूर्वराष्ट्रपति यादवले दैनिक हजारौँ मानिसहरु विदेश गइरहेकोप्रति पनि गुनासो गर्नुभयो । उहाँले देश निर्माणका लागि कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताउनुभयो । उहाँले सबै मिलेर देश, जनता र देशको सार्वभौम सत्ताको अस्तित्व जोगाउनुपर्ने बताउनुभयो ।
पूर्वराष्ट्रपति यादवले यादवले देशको अस्तित्व कायम राख्नका लागि पनि आम जनताहरु एक हुनुपर्ने बताउनुभयो ।