केशवराज ज्ञवाली
अर्घाखाँची ; सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले ब्यबसायीहरु समस्यामा पर्नुको मुख्य कारण बैंक तथा बित्तिय सस्थांहरु भएको बताएका छन । अर्घाखाँची व्यापार संघ को सन्धिखर्कमा आयोजित कार्यक्रममा उनले बैंक र बित्तिय संस्थाहरुले आर्थिक मन्दीको बेलामा पनि ब्यबसायिको घाँटी निचोरेको पनि आरोप लगाएका हुन ।
बैंक र बित्तिय सस्थाले राष्ट्र बैंकको नीति निर्देशन बिपरित ब्यबसायी हरुलाई दवाब दिएको , सहमती भन्दा बढी ब्याज तिर्न बाध्य बनाएको भन्दै श्रेष्ठले बैंकहरुले ब्यबसायी माथि गरेको व्यवहार निन्दनिय भएको बताएका छन । देशमा ब्याप्त आर्थिक मन्दी र सरकारका बिभिन्न अङ्गहरुको अनावस्यक दवाबले व्यापारी चरम मर्कामा परेको पनि श्रेष्ठको भनाइ छ ।
अर्घाखाँचीमा रहेका उधोग बाणिज्य संघ , चेम्बर कमर्श , अर्घाखाँची व्यापार संघ यी तीन वटै सस्था मिलेर बढ्न आवस्यक रहेको भन्दै मेयर श्रेष्ठले सबै एक ठाउमा भएर सबै समस्या संग लड्न मद्दत पुग्ने पनि बताएका छन । आफ्नो मन्तब्यको क्रममा मेयर श्रेष्ठले ब्यबसायिको करबाट देश चलेको भन्दै ब्यबसायिहरुले कर तिर्न छोडे देश ठप्प हुने चेतावनी दिदै राष्टले ब्यबसायिका समस्या सुन्न अत्याबस्यक रहेको बताए ।
अर्घाखाँची व्यापार संघले सन्धिखर्क एकमा आफ्नो कार्यालय स्थापना गरेको अवसरमा कार्यालयको उद्घाटन सहित संघका गतिबिधिबारे जानकारी दिन कार्यक्रम गरेको हो ।