ब्रिटिश पेट्रोलियम कम्पनीको गलत व्यवस्थापनका कारण मेक्सिको खाडीमा पर्यावरणीय संकट थप जटिल बनेको अमेरिकी ठहर

अमेरिकाले ब्रिटिश पेट्रोलियम अर्थात बिपि लगायतका पेट्रोलियम कम्पनीहरुले आफ्नो लगानीमा कटौती गर्ने र समयको बचत गर्ने निर्णय गरेका कारण मेक्सिको खाडीमा पर्यावरणीय संकट थप जटिल बनेको ठहर गरेको छ। अमेरिकी राष्ट्रपतीको कार्यलयद्वारा गठित आयोगले  पेट्रोलियम पदार्थ चुहावट सम्बन्धी अठचालिस पेज लामो प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो। 

 

पेट्रोलियम कम्पनीहरु असफल रहेका कारण मेक्सिको खाडीमा पेट्रोलियम पदार्थको चुहावटले प्राकृतिक त्रासदी निम्ताएको प्रतिवेदनमा उल्लेख छ। आगामी समयमा पनि यस प्रकारका घटनाहरुले पुनराबृत्ति पाउनेतर्फ प्रतिवेदनले सचेत गराएको छ। आयोगले मेक्सिको खाडीमा बिपिसँग आवश्यक सुरक्षा मापद48डलाइ पूरा गर्न सक्ने क्षमता नभएका कारणले पनि पर्यावरणीय संकटको अवस्था बनेको ठहर गरेको छ।

 

उता पेट्रेलियम पदार्थको चुहावट र यसबाट निम्तिएको पर्याबरणिय संकटको लागि जिम्मेवार रहेको बिपिले भने आफूले पेट्रोलियम कम्पनीहरुले अपनाउनूपर्ने सवै  सुरक्षा मापद48डलाइ ध्यानमा राखि चुहावट रोक्ने दिशामा कार्य गरेको दावी गरेको छ। गत अप्रिल महिनामा मेक्सिकोको खाडीमा बिपिको डिप वाटर होराइजन नामक पेट्रोलियम उत्खनन् केन्द्रमा भएको विष्फोटमा परी ११ जना मजदूरको मृत्यु भएको थियो।