‘तपस्वी’ बम्जन काठमाडौंबाट पक्राउ

काठमाडौं –  नेपाल प्रहरीले ‘तपस्वी’ रामबहादुर बम्जनलाई पक्राउ गरेको छ ।बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले मंगलवार काठमाडौंको बूढानिलकण्ठबाट मंगलवार पक्राउ गरेको हो ।

1
बम्जनलाई पुरानै मुद्दामा पक्राउ गरिएको सीआईबीका प्रवक्तासमेत रहेका एसपी नवराज अधिकारीले लोकान्तरलाई जानकारी दिए । बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए ।
जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो । तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर भएनन् ।

सर्लाही अदालतले २०७६ माघमा पहिलो पटक उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले २१ असार २०७७ मा उनीविरुद्धको अनुसन्धान प्रतिवेदन सर्लाही जिल्ला वकिल कार्यालय हुँदै जिल्ला अदालत टेकाइसकेको छ । तर, बम्जन अझै अदालतमा समेत हाजिर भएका थिएनन् ।

1

प्रहरीले बम्जनका आश्रमहरूबाट यसअघि शव गलाउन प्रयोग गरिएका नुनका ढिकाहरू बरामद गरेको थियो ।  बम्जनमाथि सर्लाही, नुवाकोट र मकवानपुरबाट आश्रम आएका तीन युवतीलाई बलात्कार गरेको आरोप लागेको छ ।

1