पाकिस्तानी सँसदका विभिन्न पार्टीबीचको छलफलपछि पाकिस्तानका प्रधानमन्त्री युसुफ राजा गिलानीले हिजो छ तारिखका दिन बोल्दै यस वर्ष नोभेम्बर एक तारिखदेखि सम्पूर्ण रुपमा इन्धनको मूल्य-बृद्धिसम्बन्धी निर्णय फिर्ता गरेको बताउनुभएको छ।
तेलको मूल्यबृद्धि फिर्ता गरेपछि पाकिस्तान सरकारलाई तेल आपूर्ति गर्नका लागि हरेक महिना पाँच करोड असी लाख अमेरिकी डलर बित्तीय खर्च थप भार परेको छ। जसबाट सर्वसाधारणको जीवनको दबाबलाई शिथिल पार्न सकिनेछ। साथै यस निर्णयको कारण पाकिस्तानको यातायात कम्पनीले यसअघि घोषणा गरेको बढेको यातायात भाडा पनि घटाउने निर्णय गरेको छ।