दलहरुको गलत प्रबृतिका कारण देश ठुलो दुर्घटनामा फस्ने नेका अर्घाखाँचीकी नेत्री भुसालको दावी

प्रेमनारायण आचार्य-सहयोगी अर्घाखाँची डट्कम्


संविधानसभा निर्वाचन अगाडि सन्धिखर्कमा "युरो न्युज टि.भी" लाई अन्तर्वाता दिदै सभासद पुष्पा भुसालपटौटी, अर्घाखाँची – अर्घाखाँची २४ पुष-अखाँटा यूएई डेस्क-नेपाली काग्रेंसकी केन्द्रिय सदस्य पुस्पा भसालले दलहरुको अहिलेको प्रबृतिका कारण देश ठुलो दुर्घटनामा फस्ने बताउनु भएको छ ।


उहाले जनताको पक्षमा संबिधान निर्माण गरेर देशलाई निकास दिने समयमा दलहरु सत्ता लिप्सामा लागेका कारण देशले निकास पाउन नसेकको बताउनु भयो । अहिले देशलाई निकास दिन राजनितिक स्वार्थ भन्दा माथी उठेर काम गर्नु पर्ने समय आएको बताउदै काग्रेस देशको उन्नति र प्रगतिमा रहेको बताउनु भयो ।


अर्घाखाँचीको पटौटीमा गाडी दुर्घटनामा परि मृत्यु भएका नेपाली काग्रेसका गाउ कार्य समितिका सभापति भागिरथ थापा क्षेत्रीको १३ औ दिनको पुण्य तिथीको अबसरमा काग्रेसले पटौटीमा गरेको श्रद्धाजंली सभामा मन्तब्य राख्दै अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं २ कि सभासद समेत रहेकि भुसालले यस्तो धारण राख्नु भएको हो ।

उहाले मृत्यु भएका थापा क्षेत्रीको परिवारलाई २० हजार रुपिया सहयोग प्रदान समेत गर्नु भएको छ । श्रद्धााजली सभा शिबलाल गैरेको सभापतित्वमा सम्पन्न भएको हो ।

 

 


(संचारकर्मी प्रेमनारायण आचार्य अर्घाखाँची डट्कम्(टाईम्स)का जिल्ला सहयोगी हुनुहुन्छ।अर्घाखाँची सन्धिखर्क स्थित रेडियो देउरालीमा समाचार प्रमुखको रुपमा कार्यरत आचार्य रासस,लगायत अन्य धेरै संचार सस्था र माध्यमका लागि अर्घाखाँची प्रतिनिधिको रुपमा कार्यरत हुनुहुन्छ।)



अन्य समाचारहरु