-हिम बहादुर जी सी “लेकाली”
सन्धिखर्क- नेपाल रेडक्रस साेसाईटी सन्धिखर्क उपशाखा काे वार्षिक साधारण सभा सम्पन्न २०८० पाैष २७ अर्घाखाँची नेपाल रेडक्रस साेसाईटी सन्धिखर्क उपशाखाकाे १८ अाै वार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ ।
साधारण सभाकाे उद्घघाटन सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले ब्यानर बाचन गरेर गर्नु भएको छ ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै श्रेष्ठले रेडक्रस कामकाजी संस्था भएकाे र सेवाभावले अाेतप्राेत ब्यक्ति मात्र रेडक्रसमा लाग्नु पर्ने बताउनु भयाे ।उहाँले रेडक्रस उपशाखालाई बलियाे बनाउन हरतरह बाट सघाउने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियाे ।
उहाँले सन्धिखर्क जस्ताे केन्द्र मा रहेकाे शाखा सबै शाखा भन्दा उत्कृष्ट हुनु पर्ने मा ईतिहास धुमिलिएकाे कुरा सुन्दा नमिठाे लागेकाे बताउनु भयाे । त्यसै गरि नेपाल रेडक्रस साेसाईटी केन्द्रीय उपाध्यक्ष राधा नेपालीले उपशाखाहरू रेडक्रसकाे आधार स्तम्भ भएकाेले शाखा बलियाे भए मात्र समग्र रेडक्रस बलियाे हुने बताउँदै आफु हरबेला यहाँकाे संस्थागत काममा हातेमालाे गर्दै द्रिढताका साथ लागिपर्ने बताउनु भयाे । उहाँले रेडक्रस केन्द्र अहिले संस्था भित्रका कमजाेरिहरू निवारण गर्दै नितिगत सुधार गर्न बिधान अधिवेशन गर्न लागेकाे बताउनु भयाे ।
अर्का बक्ता सन्धिखर्क नगरपालिका वडा नं .२ का अध्यक्ष माेतिजंग रायमाझी ले साथ सहयाेग प्रदान गर्ने बताउँदै ठाेस कार्ययाेजना बनाएर शाखा अघि बढाउन आग्रह गर्नु भयाे ।
कार्यक्रममा रेडक्रस कार्यालय ब्यबस्थापक ठाकुर प्रसाद अधिकारीले रेडक्रस जिल्ला शाखा अर्घाखाँचीले गरेका कामहरूकाे चर्चा गर्दै सभा सफलताकाे शुभकामना ब्यक्त गर्नु भएकाे थियाे ।
सभामा रेडक्रस जिल्ला उपाध्यक्ष प्रभा पाेख्रेल ,नि बर्तमान अध्यक्ष रामचन्द्र पाेख्रेल र जिल्ला शाखा सदस्य छमा कार्किकाे समेत आतिथ्यता रहेकाे थियाे ।
संस्थाका सभापति लेखनाथ भुसाल काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा काेषाध्यक्ष भेष बहादुर के.सि. ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएकाे थियाे भने कार्यक्रम सन्चालन सचिव अम्बिका श्रेष्ठ र स्वागत मन्तब्य उपाध्यक्ष पशुपति ढकालले गर्नु भएको थियाे ।
उपशाखा गठन पछि अहिले सन्धिखर्कमा कार्यालय खाेली सन्चालनमा ल्याईएकाे र अहिले २२ जना नयाँ आजीवन सदस्य संख्या थप सहित अब उप शाखामा २५० सदस्य संख्या रहेकाे समितिले जनाएकाे छ ।