अर्घाखाँची: उच्च शिक्षामा दुई तिहाई छात्रा


 

वीरेन्द्र केसी

 

सन्धिखर्क, अर्घाखाँची – उच्च शिक्षामा छात्राको सख्या दुई तिहाई देखिन थालेको छ । सदरमुकाममा रहेका दुई उच्च मावि र दुई क्याम्पसमा छुट्टी भएपछि विद्यार्थीको चापले बजारमा पाईला राख्ने ठाउँ हुदैन । जसमध्ये सट पाईन्ट र कुर्ता सुरुवालमा सजिएका युवतीको सख्या दोब्बर । सदरमुकाममा रहेका उच्च माविका छात्राको सख्याले केही वर्ष अधिसम्म धेरै प्रयोगमा आउने छोरीलाई शिक्षा भन्ने नारालाई सुधार गरि अब छोरालाई शिक्षा भन्नुपर्ने हो कि भन्ने संकेत ती उच्च माविमा अध्ययनरत युवतीहरुको सख्याले देखाउँछ । पछिल्लो पटक युवा भन्दा युवतीले शिक्षाको बाटो रोज्न थालेका छन ।

 

सदरमुकाममा सबैभन्दा शुरुमा उच्च शिक्षाको पढाई सचालन भएको अर्घाखाँची शिक्षा क्याम्पस र पाणिनी बहुमुखी क्याम्पसमा छात्राको सख्या दुई तिहाई छ । प्रमाणपत्र देखी स्नातक तहका कक्षामा छात्राको बाहुल्यता रहेको छ । पाँच छ वर्षयता उच्चशिक्षामा युवातीको सख्या हवात्तै बढेको हो । पछिल्लो पटक उच्च शिक्षा पढने छात्राको लहर चलेको छ । सदरमुकामकै जनज्येाती र भगवती उच्च माविमा पनि छात्राको सख्या धेरै छ ।

 

उच्च शिक्षामा अविवाहित युवती मात्रै नभएर िसंदुर पोते लगाएका अधिकाश बुहारी दैलो पोत्न छाडेर क्याम्पस पढने गरेका छन । यो अत्यन्तै उत्साहजनक हो जनज्योती उच्च माविका प्राचार्य जंग बहादुर पीसीले भने छात्राको सख्या प्रत्येक वर्ष थपिदै गएको छ । विवाहित र अविवाहित युवतीहरुको उच्च शिक्षा पढने धोकोसँगै पढाई पनि राम्रो भएकाले अन्यत्रबाट डेरा लिएर भएपनि उच्च माविमा पढन आउने युवती हरेक वर्ष बढेका छन । वषौ देखी पढाई छाडेर बसेका पनि पुन पढाई शुरु गरेका छन पीसीले भने ।

 

गाउँमै उच्च मावि भएपनि पढाई राम्रो हुने भएकाले सदरमुकाम झरेका हौं कक्षा ११ मा अध्यननरत विनिता थापाले भनिन जागिर खानको लागि मात्रै नभएर शिक्षित परिवार बनाउनको लागि भएपनि छोरीले अनिवार्य पढनुपर्ने हुन्छ । उनी सहित विवाहित र अविवाहित सयौ युवतीहरु उच्च शिक्षाकै लागि सदरमुकाममा डेरा गरि बसेका छन । विवाहित अधिकाश युवतीका श्रीमान रोजगारको लागि विदेशिएपनि उनीहरु उच्च शिक्षा हासिल गर्नमा व्यस्त छन ।

 

उच्च शिक्षा पढदै गरेका धेरै युवतीले विवाहको बेला उच्च शिक्षा पढन पाउने शर्तमा बैवाहिक सम्बन्धमा बाँधिने गरेका छन । उच्च शिक्षाको अवसर पाएकोमा युवतीहरु हर्षित छन । सदरमुकामको पाणिनी बहुमुखी क्याम्पसमा पनि प्रमाणपत्र देखी स्नाकोत्तरसम्म दुई तिहाई छात्रा छन । छात्राको बाहुल्यताको आधारमा पछिल्लो पटक उच्च शिक्षाको अवसर छोराले भन्दा छोरीले बढी उपयोग गरेका छन क्याम्पसका प्रध्यापक सुरज शारुले भने युवती देखी बच्चा सहितका महिला समेत क्याम्पस पढन आएका छन । अभिभावककै रेखदेखमा घरकै आटो खाएर उच्च शिक्षा पढन पाएकोमा आफुलाई भाग्यमानी ठान्छु बीएडमा अध्ययनरत सुनिता थापाले भनिन गाउँका धेरै जसो आमाहरु अशिक्षित हुँदा घरको गृहस्थी देखी व्यावहारिक काम गर्न कठिनाई भएकाले पढनुपर्छ भनेर हौसला दिने गरेपछि पढनलाई थप उत्साह मिलेको छ ।

 

उच्च शिक्षामा युवतीहरुको बाहुल्यता देखिदा गाउँघरमा युवाको शुन्यता चाँहि भएको होईन । एसएलसीसम्मको अध्ययनपछि घरको आर्थिक समस्याले धेरै युवाहरु वैदेशिक रोजगार र अन्य पेशामा लाग्ने गर्छन भने आर्थिक अवस्था राम्रो भएका युवाहरु पनि पढाई पछि राम्रो रोजगार नपाईदा पढाईलाई भन्दा आर्थिक उन्नतीको लागि व्यवासाय र विदेश पहिलो रोजाई हुने गरेको छ । अभिभावकले पनि एसएलसीपछि छोरीको पढाईलाई जसरी भएपनि निरन्तरता दिने गर्छन भने छोरालाई पैसा कमाउनमा लाग्न जोड दिने गरेको पाईन्छ । आफनो श्रीमान वा घरको एक जना वैदेशिक रोजगारमा गएपनि यस्तो अवसर छोरीले मात्रै नभएर बुहारीले समेत पाएका छन ।


सदरमुकाममा मात्रै नभएर दुर्गम गाउँमा पनि उच्च शिक्षाको अवसरले बीचमै पढाई छाडेर बसेका महिलाहरुले पढाईलाई पुन निरन्तरता दिएका छन । एसएलसी पछि शिक्षण पेशामा लागेका महिलाहरुले पनि आफनो पदोन्नतीको लागि उच्च शिक्षामा भर्ना भएका छन ।


प्रध्यापक सारुका अनुसार उच्च मावि र क्याम्पस तहको अध्ययनका लागि भर्ना हुन आउने धेरै युवतीको रोजाई शिक्षा संकाय हुने गरेको छ । महिलाहरुलाई शिक्षण पेशामा वृद्धि गराउन शिक्षा संकायले ठुलो सहयोग पर् ुयाउने उनको अनुभाव छ । उच्च शिक्षा देखी विद्यालय स्तरमा छात्राको सख्या धेरै भएकाले उर्तीण सख्यामा छात्रा नै अगाडी छन । जिल्लामा ७० प्रतिशत छात्राले नियमित परीक्षा उतीर्ण गरेका छन ।

 

सदरमुकामका दुई क्याम्पस र दुई उच्च माविमा करिब १५ सय विद्यार्थी मध्ये सात सय ३० जना छात्रा रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म ३ क्याम्पस सहित उच्च माविको सख्या २५ पुगेको छ । जिल्लाको पोखराथोक भगवती र सन्धिखर्कमा स्नातक तहको पढाई सचालनमा आएको छ भने वाँगीको शान्ती उमावि ठाडाको ज्योती उमावि लगायत केही उच्च माविले आउँदो शैक्षिक शत्र देखी स्नातक र केही माविले उच्च मावि साचालनको अनुमती लिने तयारी गरिहेको शिक्षा कार्यालयका शाखा अधिकृत मित्रमणी खनालले बताए ।

 

जिल्लाका सबै गाविसमा रहेका माविले उच्च मावि सचालनको तयारी गरिरहको छन । सबै उच्च माविमा ७० प्रतिशत छात्राको सख्या रहेको जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले जनाएको छ ।



अन्य समाचारहरु