अमेरिकाको एरिजोना राज्यमा भएको गोलीकाण्डमा एक महिला सांसद गंम्भिर घाइते भएकी छिन्। सो गोली काण्डमा ६ जनाको मृत्यु भएको छ। एरिजोनाको टससोनस्थित एक सार्वजनिक कार्यक्रममा ४० वर्षिया गिफोर्ड्समाथि छोटो दूरीबाटै गोलि प्रहार गरिएको थियो।
उनको उपचारमा संलग्न चिकित्सकहरुले गिफोर्ड्सको अवस्था जटिल तर सुधारोन्मुख रहेको बताएका छन्। गोलिकाण्डमा मारिनेहरुमा ९ वर्षिया बालिका र संघिय न्यायाधिश समेत रहेका छन्। गोलकाण्डमा संसद गिफोर्ड्सको एक सहयोगीको पनि मृत्यु भएको छ। प्रहरीका अनुसार १३ जनालाई गोली लागेको र गोलिकाण्डमा घाइते भएका अन्य केही मानिसहरुको अवस्था गम्भिर रहेको बताइएको छ। गोली चलाउने ब्यक्ति एरिजोनाकै स्थानिय वासिन्दा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनले चलाउनुको कारण भने थाहा हुन सकेको छैन। यसैबीच राष्ट्रपति बाराक ओबामाले गोलिकाण्डलाई अकल्पनिय त्रासदीको संज्ञा दिएका छन्।