उत्तर कोरियाको राष्ट्रिय शान्ति तथा एकीकरण समितिका प्रवक्ताले प्योङ याङ्गमा दक्षिण कोरियाका सत्तारुढ पार्टीसँगको वार्ता र अन्य वार्ताको आयोजना गर्ने सुझाव दिनुभएको छ।
उत्तर कोरियाको केन्द्रीय सञ्चार समितिले आज उक्त प्रवक्ताको भनाइलाई उद्धृत गर्दै वर्तमान कोरियाली प्रायद्बिपको गम्भीर परिस्थिति कोरियाली जातिले वार्तामार्फत समाधान गरिनुपर्ने र अन्यले यस समस्याको समाधान गर्न नसक्ने बताउनुभएको छ। प्रवक्ताका अनुसार वार्ताको ढोका खोल्न र दक्षिण कोरियाबीचको सम्बन्धलाई सुधार गर्नका लागि ठोस कदमको रुपमा उत्तर कोरियाले बान मन त्यानको दक्षिण-उत्तर रेडक्रस बाटोलाई पुनःखुला गर्नुका साथै काइसुङ्ग उद्योग-व्यवसाय क्षेत्रमा रहेको उत्तर-दक्षिण आर्थिक सहयोग सल्लाहकार समितिको नाकाबन्दी हटाउनेछ।
तर यसअघि दक्षिण कोरियाको एकीकरण मन्त्रालयका एक पदाधिकारीले बोल्दै शैली वा विषयबाट हेर्दा उत्तर कोरियाले हाल प्रस्तुत गरेको वार्तासम्बन्धी सुझाव सदिच्छापूर्ण नभएको बताउनुभएको छ।