काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन माघ २२ गते बोलाउन सिफारिस गरेको छ ।
काठमाडौं । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपरान्ह ४ बजे संघीय दुवै सदनको संसद अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको बताउनु भयो ।
राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको पद लामो समयदेखि रिक्त थयो । उहाँले राष्ट्रिय खेलकुद विकास नियमावली ०७९ को नियम १६ को उपनियम १ को खण्ड (क) बमोजिम मनोनयन गर्ने निर्णय गरिएको बताउनु भयो ।
प्रवक्ता शर्माले भन्नुभयो, ‘२०८० माघ २२ गते ४ बजे संघीय सांसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको छ । युवा तथा खेलकुद मन्त्रालयको प्रश्तावमा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को निमय १६ को उपनियम १ को खण्ड (क) बमोजिम डा.असिम भण्डारीलाई राष्ट्रिय एन्टी डोपीङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय भएको छ । जापान सरकारबाट कोटेश्वर इन्टरशेक्सन इम्पूवमेण्ट आयोजना कार्यान्वयनको लागि प्रश्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिव ३१ अर्ब २ करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धि मस्यौदा अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।’
प्रवक्ता शर्माले कोटेश्वर चोक सुधार परियोजनाका लागि जापान सरकारको करिव ३१ अर्ब २ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृतका लागि जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको बताउनु भयो ।