फाइल तस्बिर
काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले देशमा कानूनले काम गरेको भए ठूलाबडा कर्मचारी र नेताहरु जेलमा हुने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा नीलप्रसाद भण्डारी स्मृति पुरस्कार ग्रहण गर्दै सांसद भण्डारीले नेताहरुले अहिले मुलुक चलाउन नसकेको बताउनु भयो । उहाँले भाषण गर्नेहरुले आफ्नो पार्टी सुधार्ने हो भने मुलुक बन्न समय नलाग्ने बताउनु भयो ।
सांसद भण्डारीले संवैधानिक निकायमा बसेका व्यक्ति र राजनीति गर्ने धेरै नेताहरु आफ्ना घर ठूलाठूला बनाउने र वरिपरि गरिव राखेर झुपडी बनाउने प्रवृत्तिका कारुण मुलुक गरिव भएको बताउनु भयो । उहाँले विकास निर्माणमा नेताहरुको क्षमता नपुगेको बताउनु भयो ।