अमेरिकाको एरिजोना राज्यमा ६ जनाको हत्या गर्ने र महिला विधायकलाई गंम्भिर घाइते बनाउने घटनामा संलग्न भएको भन्दै २२ बर्षिय जारेड लगनरलाई नियन्त्रणमा लिएको छ।
साथै उनी बिरुद्ध हत्या र हत्याको प्रयाससहितका ५ वटा मुद्धा दायर गरिएको छ। सरकारी वकिलहरुले फोएनिक्सस्थित संघीय अदालतमा लगनर विरुद्ध मुद्धा दायर गरेका हुन्। लगनरले शनिवार एरिजोनामा आयोजित कार्यक्रममा गोली चलाउँदा संघीय न्यायधीश, ९ वर्षिया बालिका, बिधायका सहयोगी सहित ६ जनाको मृत्यु भएको थियो।
विधायक गिफोर्ड्सको अवस्था अझै चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ। ती अभियुक्तले बिधायकलाई नै लक्षित गरेर गोली चलाएको बताइएको छ। चिकित्सकहरुले ४० वर्षिया विधायक गिफोर्ड्सको टाउकोमा गोलि लागेका कारण उनको अवस्था जटिल बनेको बताएका छन्।