-अर्घाखाची डटकम सम्बाददाता
अर्घाखाँची- नेकपा एमाले अर्घाखाँचीले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । एमाले जिल्ला कार्यालयको बिस्तारीत बैठकले यहि माघ १६,१७ र १८ गते सदरमुकाम सन्धिर्कमा जिल्लाका अगुवा कार्यकर्ताको लागि प्रशिक्षक प्रशिक्षण संचालन गर्ने निर्णय गरेको छ ।
प्रशिक्षण कार्यक्रममा पालिका कमिटीका पदाधिकारी ,क्षेत्रीय समन्वय कमिटीका सदस्य,जिल्ला कमिटीका सदस्य,प्रदेश कमिटीका सदस्य तथा पुर्व सदस्यहरु,जनवर्गीय संगठनका जिल्ला अध्यक्ष तथा जिल्लामा खट्ने प्रदेश र केन्द्रका सदस्यहरु गरी करीब २ सयको हाराहारीमा सहभागिता रहने नेकपा एमालेका कार्यालय सचिव लिलबहादुर बि.क.ले जानकारी दिनु भयो ।
प्रशिक्षणको निम्ति नेकपा एमालेका उप-महासचिब तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली,पार्टी केन्द्रीय सदस्य तथा लु्म्बिनी प्रदेश पार्टी स्कुल विभाग संयोजन कर्ता लक्ष्मण ज्ञवाली,पार्टी स्कुल विभागका सदस्य वाई.पी. आचार्य ,बद्रि खनाल लगायतका नेताहरु आउने तयारी भएको कार्यालय सचिव बि.क.को भनाइ छ । प्रशिक्षण पुर्ण रुपमा आवासिय हुने एमालेले जनाएको छ ।
यसैगरी बैठकले तत्काल पार्टी मातहत कमिटीका बैठक सम्पन्न गर्ने,पार्टी कमिटी र पार्टी बाट निर्वाचित जनप्रतिनिधि बीच अन्तरक्रिया बैठक गर्ने,जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को बैठक गर्ने,जनसंगठनका बैठक ,भेला तथा प्रशिक्षण संचालन गर्ने लगायत पार्टी जिबनमा आवस्यक केही महत्वपुर्ण निर्णय लिएको जिल्ला कमिटीका उपसचिव शम्भुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
बैठकमा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले उच्च बनोवलका साथ पार्टी काममा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेकपा एमाले कमजोर भए मुलुक कमजोर हुने र जनताले दु:ख पाउने भन्दै ,राष्ट्रिय स्वाधिनता,सामाजिक न्याय ,विकास र समृध्दिको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताउनु भयो ।
नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्रकुमार क्षेत्रीले पार्टीका नेता तथा कार्यकर्तामा त्यागको भावना हुनुपर्ने बताउनु भयो । उहाँले हरेक नेता ,कार्यकर्ता र जनप्रतिनिधिको कामलाई जनताले शुष्म रुपले मुल्याङ्कन गरिरहेको भन्दै जनता प्रति उत्तरदायी भएर काम गर्न आग्रह गर्नुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसनलको अध्यक्षता ,उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझी विधानको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रामजीप्रसाद घिमिरे,प्रदेश कमिटीका सदस्यहरु कुटमदिन अलि,केवी भुसाल,विजुला रायमाझी,बसन्त श्रेष्ठ ,प्रमिला क्षेत्री,भोजबहादुर गन्दर्व,सालिकराम आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो ।