केशबराज ज्ञवाली , दीपेन्द्र पौडेल अर्घाखाँची ; सालझण्डी सन्धिखर्क ढोरपाटन सडक खन्डको माटे आसपासमा सडक स्तरोन्नती कार्य गरिरहेको पुष्पा जेभी कन्स्ट्रक्सनले गुणस्तरहिन निर्माण सामग्री प्रयोग गरेको पाइएको छ । उक्त सडकमा लगाइएको प्लम वालमा प्रयोग गरिएको सामग्री हरु मध्ये ढुङ्गा र गिटि कमसल प्रयोग गरिएको रिपोर्टिङको क्रममा पाइएको हो ।
अर्घाखाँची डटकमका पत्रकार उक्त स्थानमा पुग्दा कमसल र धुलो मिश्रित गिटि किन प्रयोग गरिएको भनी सोधखोज गर्दा त्यहा रहेका सुपरभाइजर तेजनाथ बिकले उक्त सामग्री कमसल भएको भन्दै एकछिन कार्य रोकिदिएका थिए । तर केहिबेर पछि पुन त्यहा पुग्दा फेरि उहीँ सामग्री प्रयोग गरि काम सुरु गरिएको पाइयो ।
फेरि उहीँ सामग्री किन प्रयोग गरेको ? भन्ने प्रश्नमा सुपरभाइजर तेजनाथ बिकले ठेकेदारले काम रोकिदा कामदार फाल्टु भए भनी गुनासो गरेको आलटाले जवाफ दिएका थिए । पत्रकारको टोलि निर्माणस्थलमा आएको जानकारी पाएपछि उक्त स्थानमा पुगेका निर्माण कम्पनिका साइट इन्चार्जले उक्त सामग्री कमसल भएको स्विकार गरेता पनि अन्य स्थानमा राम्रो कार्य भएको दावी गरेका छन ।
यसरी सरसर्ती हेर्दा आयोजना कार्यालयका कर्मचारीहरु र ठेकेदार कम्पनीको प्रत्यक्ष मिलेमतोमा गुणस्तरीयताको मजाक बनाइरहेको बुझ्न कठिन छैन । जनताको पसिनाको करबाट हुन लागेका कार्यहरुमा सिमीत ब्यक्ती र कम्पनिको फाइदाका लागि सबै संबंधित संयन्त्र लाचार हुनाले बनाएका पुर्वाधारहरुले दिर्घकालिन फाइदा दिन नसक्ने स्पस्ट देखिन्छ
भिडियो हेर्न यहाँ यो लिन्क्मा क्लिक गर्नुहोस्