सुन्दा पनि अचम्म-९४ बर्षको उमेरमा भारतिय एक नागरिकलाई पुत्र लाभ

     रामु गैरे
खोजमुलक अध्ययन बाट
 
११ जनवरी २०११ -भारतका ९४ वर्षिय एक किसानले यो उमेरमा बाउ बनेर सबैलाई अचम्मित बनाएका छन। यसरी अच्चमित बनाउने नागरिक भारतको उत्तरी राज्य हरियाणाको खाकोर्डा निबासी रामजीत राघब र उनकी ५० वर्षिय शकुन्तला हुन ।


अब उनी बुढौली अवस्थामा बच्चा जन्माउने संसारकै पहिला ब्यक्ती बनेका छन ।


चिकित्सकहरुले बच्चाको स्थिती स्वस्थ जनक रहेको जनाएका छन। एक महिना अघी जन्मिएको सो बच्चालाई उनकी आमा सकुन्तलाले सामान्य रुपमा जन्मदिएकी हुन ।


बच्चाका बाबु रामजितले जीवनको यो उत्तरार्धको समय कालखण्डको उमेर मा पनि आधा किलो मक्खन र तीन लिटर दुध दैनिक पिउछन।


उनको भनाइ यो पनि छ ‘म अझै धेरै बाच्छु यदी मलाई कालो गोमनले डसेन भने’मात्रै।उनलाई ब्रिदा पिताको उपादी पनि दिएको भारतीय संचार माध्यमले जनाएका छन।