इच्छाराज तामाङलाई ३ वर्ष र श्रीमतीलाई डेढ वर्ष जेल सजाय, पौने ३ अर्ब जरिवाना

spot_img

काठमाडौं : पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई ३ वर्ष जेल सजाय भएको छ । विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै १ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ ।

त्यस्तै, तामाङकी श्रीमती श्रीजना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ बिगो र बिगो बराबरको जरिवाना तथा १ वर्ष ६ महिना जेल सजाय तोकिएको छ । यस्तै, सोही प्रकरणका अर्का आरोपी केशवलाल श्रेष्ठलाई २५ करोड ६५ लाख रुपैयाँ बिगो र सोही बराबरको जरिवाना तथा १ वर्ष ६ महिना कैद हुने ठहर विशेषले गरेको छ ।