अमेरिकाको लस एञ्जेलिसका एक न्यायाधिसले सन् दुई हजार नौमा निधन भएका विश्व प्रसिद्ध पप गायक माइकल ज्याक्सनका निजी चिकित्सकलाई अनिच्छुक हत्याको अभियोगमा अदालती सुनुवाइमा उपस्थित हुन आदेश दिएका छन्।
अदालतको प्रारम्भीक सुनुवाईका क्रममा न्यायाधिस माइकल पास्टोरले डक्टर कोन्राड मर्फीलाई यस्तो आदेश दिएका हुन्।