काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमणकालिन न्याय सम्बन्धि विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले सो विधेयक पीडितमैत्री र अन्तर्राष्ट्रिय मानव अधिकारको विषयलाई मध्यनजर गर्दै आए आफ्नो पार्टी सरकारलाई त्यो विधेयक पारित गराउन सहयोग गर्ने बताउनुभएको हो ।
सभापति लामिछानेले सहकारी सम्बन्धि समस्या समाधान गर्न आफ्नो पार्टीले योजना तय गरेको त्यो प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउन लागिएको पनि बताउनु भयो । उहाँले स्थानीय सरकारको सबलीकरण र मुलुकमा विद्यमान कुशासन र दण्डहिनताविरुद्ध आफूहरुले संसदमा आवाज उठाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस अवसरमा सभापति लामिछानेले दलीत, मुसहर बस्तीमा सर्वदलीय बैठक आह्वान गरी मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्ने प्रस्ताव समेत राख्नु भयो ।