– वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची – द्धन्द्धको बेला माओवादी विरुद्ध एक्लै भण्डाफोर अभियान चलाएको राष्ट्रिय जनमोर्चाले अहिले त्यही ढंगबाट संविधान निर्माण र संघीयता विरोधी आन्दालन स्वरुप देशव्यापी रुपमा राष्ट्रिय जनजागरण अभियान चलाएको छ ।
अर्घाखाँचीको सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाले शुक्रवार आयोजना गरेको संघीयता विरोधी जनजागरण अभियानको सभामा सहभागी । मोर्चाले अर्घाखाँची लगायत देशव्यापी रुपमा एक महिने अभियान चलाएको छ । तस्बिर-वीरेन्द्र केसी
पुस १० गते बैतडीबाट शुरु भएको अभियान माघ १० गते सकिनेछ । अभियानमा मोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसी उपाध्यक्ष मनोज भट्ट महासचिव सन्त बहादुर नेपाली लगायतका नेता तथा कलाकारहरु चार भागमा विभाजन भई देश दौडाहमा छन । अभियानमा उनीहरुले सर्वसाधारणका घर घरमा गएर समेत संघीयता विरोधी आन्दोलनमा लाग्न आग्रह गरेका छन ।
संघीयताले देश टुकि्रने भएकाले कुनै हालतमा पनि संघीयतामा देशलाई विभाजन गर्न नदिईने भन्दै सबैलाई एकजुट हुन आव्हान समेत गरेका छन । संविधान निर्माण र संघीयता विरोधी कोणसभा र् याली संघीयता विरुद्ध लेखिएका प्रचार सामाग्री वितरण घरदैलो वालपेण्टिङ सास्कृतिक लगायतका कार्यक्रम लिएर एक महिने अभियान चलाएको मोर्चाले शुक्रवार सन्धिखर्कमा संघीयता विरोधी सभा सम्पन्न गरेको छ । लहैलहमा ठुला पार्टीले देशलाई संघीयतामा विभाजन गरी देश टुक्राउन खोजे त्यतिबेला यो अभियानको संकेत विद्रोहमा पुग्न सक्ने समेत नेताहरुले बताएका छन ।
शुक्रवार सन्धिखर्कमा भएको सभामा बोल्दै मोर्चाका केन्द्रीय उपाध्यक्ष मनोज भट्टले संविधान बन्न नसक्नुको मुख्य बाधक माओवादी भएको र जातीयताको आधारमा संघीयतामा विभाजन गरी देशलाई टुक्रा टुक्रा पार्न दरवारिया र विदेशी शक्तिले माओवादीलाई प्रयोग गरेकाले संविधान निर्माण र संघीयता विराधी अभियान चलाउनुपरेको बताए । अब बन्ने संविधानमा देश संघीयतामा विभाजन भए देशै टुकि्रने र नेपालै नरहने अवस्था आउन सक्ने दावी उनले गरे । मधेशवादी पार्टीहरुलाई भारतले प्रयोग गरेर एक मधेश एक प्रदेश बनाएर मधेशलाई आफनो कब्जामा लिन खोजेको भट्टको आरोप छ ।
उनले माओवादी काग्रेस र एमाले बीच आफनै नेताको खुट्टा काटने र गुटबन्दी नेताहरु सत्ता लिप्साका कारण तोकिएको समयमा संविधान बन्न नसकेको आरोप लगाए । दरवारिया सामान्ती शाशकहरु पछिल्लो पटक माओवादीमा प्रवेश गरेर संविधान बन्न नदिन ठुलो पडयन्त्र गरेका छन उनले भने दरवारकै ईशारामा माओवादी नाचिरहेका छन ।
उनले राजतन्त्र अन्त्य भई नसकेकाले सधाकै लागि अन्त्य गर्न सबै दलहरुबीच एकता टुटन नहुने बताए । यदि तोकिएको समयमा संविधान बनेन भने दरवार बलियो शक्तिको रुपमा देखा पर्ने र फालिएको राजतन्त्र पुन ब्युतिन सक्ने तर्फ संकेत गरे । ठुला दलका नेताहरु आफनै पार्टीमा सत्तामा जान सौताबाजी गरेकाले सरकार गठन र संविधान बन्न नसकेको बताए ।
दरवारका आसेपासेको आश्रयस्थल अहिले माओवादी छ उनले भने उनैले माओवादीलाई चलाएका छन । सत्ताको लोपमा माओवादीले राजनीति र जनताको अविश्यप्रति खेलवाड गरेको आरोप भट्टले लगाए । माओवादीकै कारण राजतन्त्र ब्यतिने खतरा रहेको पनि बताए । संविधान नबने देश असफल राष्ट्र बन्ने र दरवारिय शक्ति बलियो हुने भएकाले गुटबन्दीबाट को सरकारमा जाने भन्दा पनि संविधान लेखनमा एकजुट भएर लाग्नुपर्ने बताए ।
सभामा मार्चाका केन्द्रिय सदस्य चन्द्र बहादुर केसीले संघीयता विरोधी आन्दोलन जनमोर्चाको मात्रै नभएर सबै राष्ट्र प्रेमी नेपालीको भएकाले संघीयता खारेजी गर्नमा सघाउन आव्हान गरे । उनले संघीयता लागु गरे एक आपसमा द्धन्द्ध निम्तने खतरा रहेका बताए । देशलाई टुकि्रनबाट बचाउन संघीयता लागु गर्न दिदैनौ केसीले भने माओवादीको हलैहलमा संघीयता लागु गरे जनमोर्चाले विद्रोह गर्न सक्ने दावी गरे ।
सभामा मोर्चाका केन्द्रिय सदस्य सागर केसी जीवन राना मुल प्रवाह अखिल नेपाल भारत एकता समाजका महासचिव कृष्ण केसी अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष नरेन्द्र बहादुर थापा लगायतले अब बन्ने संबिधानमा संघीयता लागु गर्न नदिन सबैले दवाव दिनुपर्ने बेला आएको बताए ।
सभामा रक्तिम सास्कृतिक अभियानका कलाकार जीवन शर्मा लगायतका कलाकारले संघीयता विरोधी गित गएका थिए । सभा मोर्चाका केन्द्रिय सदस्य शेर बहादुर बीसीको अध्यक्षता र जिल्ला अध्यक्ष झविलाल थापाको सचालनमा सम्पन्न भएको थियो ।