जापानका प्रधानमन्त्री नाउटो कानले आज चौध तारिखका दिन मन्त्री मण्डलको एउटा बैठकमा मन्त्रीमण्डलका सबै सदस्यबाट गरिएको राजीनामा ग्रहण गर्नुभएको थियो र त्यसबाट सोही दिन उहाँले नयाँ मन्त्री मण्डल गठनका लागि तयारी गर्नुभएको छ।
जापानी सञ्चार माध्यमका अनुसार, श्री नाउटोले आज मध्यान्ह मन्त्री मण्डलको गठन-कार्यालयको स्थापना गर्नुभएको छ र त्यस पछि मन्त्री मण्डलका प्रमुख पद सम्हालेका ऐतानो युखियोले मन्त्री मण्डलका नयाँ सदस्यको नामावली घोषणा गर्नुभएको छ। सोही राती नयाँ मन्त्री मण्डलले सम्राट भवनमा मन्त्रीहरुको सपथ ग्रहण समारोहको आयोजना गरेपछि सो मन्त्री मण्डल औपचारिकरुपमा स्थापित हुने भएको जनाइएको छ।