नेपाल र क्यानाडाबिचको एक दिवसीय क्रिकेट श्रृंखला आजदेखि काठमाडौंमा

spot_img

काठमाडौं । नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजबाट काठमाडौंमा सुरु हुँदैछ ।

श्रृंखलाको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान सवा ९ बजे सुरु हुनेछ । नेपालले आफ्नै मैदाानमा क्यानाडाविरुद्ध तीन खेलको एक दिवसीय श्रृंखला खेल्न लागेको हो ।

क्यानडाविरद्धको श्रृंखलाका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली तयार पारेको छ । नेपालविरुद्ध एक दिवसीय श्रृंखला खेल्न क्यानडा पहिलो पटक नेपाल आएको हो ।

आइसीसीको वरियतामा नेपाल १५औँ स्थानमा छ भने क्यानडा समावेश भएको छैन । यो सिरिज नेपालका लागि आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को लागि अभ्यास हुनेछ ।

क्यानडाविरुद्धको श्रृंखला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग लिग टु क्रिकेटको पहिलो सिरिज खेल्दैछ ।