हुलाक सेवाका १ हजार ६ सय ३६ दरबन्दी खारेज

spot_img

काठमाडौं । सरकारले हुलाकअन्तर्गतका १,६३६ दरबन्दी खारेज गरेको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले ‘एक पालिका एक हुलाक’ नीति अवलम्बन गर्दै केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालयका १,६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा महोत्तरीका डा. पर्शुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रधानमन्त्री कार्यालयको प्रस्तावमा विद्युतीय सुशासन आयोग सम्बन्धनमा बनेको विधेयकलाई तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको मन्त्री शर्माले बताइन् । त्यस्तै भूमि गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण पहिलो निर्देशिका २०८० स्वीकृति गर्ने निर्णय समेत भएको मन्त्री शर्माले बताइन् ।