काठमाडौँ । नेपाल प्रहरीले एकै पटक एक हजार नौ सय ५० जनाको भर्ना खोलेको छ । नेपाल प्रहरीले १८५६ जना प्रहरी जवान, भान्छे ५३, हजाम ७, कुचीकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना आव्हान गरेको सूचना जारी गरेको हो ।
खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा पनि दरखास्त दिन पाइने सार्वजनिक सूचनामा जनाइएको छ ।
फागुन २ गतेदेखि चैत ९ गतेसम्म दरखास्त दिने म्याद तोकिएको छ । जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातवटै प्रदेश प्रहरी तालिम केन्द्रमा र काठमाडौँ उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त बुझाउन सकिन्छ ।