एन्आरएन्एको दुबई सम्मेलन चैतमा पाकेको बेल जस्तै

– रोशन भट्टराई

दोहा कतार

 

अबको केहिदिनमा नै गल्फ राष्ट्र दुबईमा हुंदैगरेको एन्आरएन्को क्षेत्रिय सम्मेलन मात्र केबल साथीभाईहरुको मेलमिलाप र भेटघातमा टुिगंने कुरा निश्चित छ । सुरक्षित आप्रवासन र सामुहिक लगानीको बारेमा हुनलागेको यो सम्मेलनले त्यस्तो कुनै ठोस निर्णय लिन नसक्ने जगजाहेरनै छ र गल्फमा कार्यरत नेपाली श्रमिकहरुको कुनै चासोको बिषय हुन नसक्नुले यो कुरा उजागर गरेकोछ । गल्फ क्षेत्रमा कार्यरत नेपाली मजदुरहरुले यो सम्मेलन प्रति कुनै जिज्ञासा वा रुची नराख्नुले यो सम्मेलन केबल एन्आरएन्एका सदस्य साथीभाईहरुको एकआपसमा भेटघात तथा हात मिलाई र यसो चियापान वा मध्यपानमा विश्राम लिनेछ भन्दा क्ष्ाुठो हुनेछैन । तर पनि एउटा उपलब्धी भने यस सम्मेलनले हातपार्ने प्रबल संभावना छ त्यो के हो भने एन्आरएन्ए को बार्षिक क्यालेण्डरमा अंकित एक क्षेत्रमा कम्तीमा पनि एउटा सम्मेलन गर्नुपर्ने लिखित शर्तभने पूरा हुनेछ ।

 

किन यो दुबई सम्मेलनले हावा खानेछ त ?

 

यसमा प्रसस्त कांरणहरु छन् । पहिलो कांरण त एन्आरएन्एका यस क्षेत्रका प्रमूखहरुको मूख्य पेशा भनेकै म्यानपावर ब्याब्यसाय नै हो र यस क्षेत्रमा कार्यरत एन्आरएन्एका मुख्य हर्ताकर्ताहरुको आर्को ब्याब्यसाय भनेकै नेपालबाट मजदुरहरु ल्याएर कतार साउदी दुबई कुवेत तथा ओमन वा बहराईनमा दुई चार रियलको नाफामा आर्को कम्पनीमा सम्लाईमा बेच्नुहो । यसको प्रमाणको लागी यस क्षेत्रका एन्आरएन्एका हर्ताकर्ताहरुको नेपालमा आफ्नै म्यानपावर एजेन्सीहरु छन् वा आफ्ना नातागोताको नाममा म्यानपावर कम्पनीहरु छन् । अब यिनीहरुले कसरी नेपाली मजदुरहरुको सुरक्षित आप्रवसन सम्बन्धी निती नियमहरु बनाउन सक्छन् तरु यिनीहरुको खाडी राष्ट्र प्रबेस नेपाली श्रमिकहरुको लागी भिसाको दलाली गर्न भएको हो र यसको सांछी गएको समय र यस क्षेत्रमा कार्यरत नेपाली मजदुरहरु नै छन् । बास्तबमा यिनीहरु कांधमा छड्के क्ष्ाुाेला भिरेर भिसाका खेती गर्न कतार वा अन्य खाडि मुलुक क्ष्ाुरेका हुन् । खाडी राष्ट्रहरुमा नेपाली भिसा दलालीको प्रबेसले नै असाध्यै असस्थ्य प्रतिस्पर्धा जन्मेकोहो । यिनीहरुको प्रबेस हुनुभन्दा पहिले नेपाली भिसाको मूल्य यस्तरी चर्केर गएको पनि थिएन र यिनै नेपाली भिसा दलालहरुको प्रबेसले नै नेपाली श्रमिकहरुको मासिक वेतन र सरसुबिधामा भयंकर गिरावट आएको हो । यिनीहरुको प्रबेस हुनुभन्दा पहिले नेपाली मजदुरहरुको मासिक वेतन र सरसुबिधा धेरै हदसम्म राम्रो थियो । यस्तो हुनुको प्रमुख कांरण नेपाली भिसा दलालहरु डरलाग्दो तवरले अशिक्षित हुनु र भिसा फुत्काउनको लागी जति पनि कमीशन तिर्न तयार हुनु र भिसा ब्यापारको विश्य परिस्थितीको शून्य जानकारी हुनुहो । यिनीहरुले सुरक्षित निती नियम बनाउनु भनेको त बाघले बाख्रा म हेर्छु भन्नु सरहहो वा बिरालो ले मुसा मार्दिन भन्नु हो । त्यसैले यस्तो जानी जानी यस क्षेत्रमा कार्यरत नेपाली मजदुरहरु यिनीहरुले सुरक्षित आप्रवसन सम्बन्धी बलियो अबधारणा ल्याउलान भन्ने कुरा सुन्दा अचम्म मान्नु स्वभाविकनै हो । यिनीहरुले सुरक्षित आप्रवसन सम्बन्धी दुबई घोषणापत्र जारी गरेपनि सो कुराको विश्यास नेपाली मजदुरहरुले गर्न सक्दैनन् । यो कुनैपनि हालतमा हुन सक्दैन । त्यसैले यो सम्मेलन यो मानेमा एक हावादारी सम्मेलन जस्तै हुने छ ।

 

अब कुरा रह्यो सामुहिक लगानीको । संस्थाका हर्ताकर्ताको विगत यसरी कोरिएको छ । के अब हामीले यिनीहरुको हातमा सामुहिक लगानीको लागी गल्फ तथा मध्यपूर्वमा कार्यरत मजदुरहरुको धन भण्डार गर्न सक्छा्रैं त रु सबैलाई जानकारी हुनै प्रदछ कि एन्आरएन्ए भनेको संस्था नेपालबाट विदेश पलायनभएकाहरुको संस्थाहो जसले नेपाली नागरिकता र नेपाली पासपोर्ट पूर्णरुपमा त्यांगी सकेकाछन् । हामी त हाम्रो नेपाली नागरिकता र पासपोर्ट त्यांग्न सक्दैनौं । आफुलाई नेपाली सम्म भन्न मन नपराउनेहरुको संस्थाका अगुवाहरुले ल्याउने कार्यक्रमलाई हामी नेपालीहरुले कसरी विस्यास गर्ने । किमार्थ यस्तो हावादारी बकबास हाम्रो लागी बडो ठुलो दुर्भाग्य हुनेछ । यहां कुरा डा। उपेन्द्र महतको मात्र छैन । हो उहां अक्ष्ाुैपनि नेपाली हरियो पासपोर्ट लिएर हिड्नुहुन्छ तर उहांको यस संस्थाका अन्य देशमा रहेका एन्सिसि हरुका अगुवाहरुको हालत त्यस्तो छैन । उनीहरु नेपाली हैनन् । महान नेपालको निर्माणमा नेपालीहरुकै अगुवाई हुनुपर्दछ । हो सल्लाह सुक्ष्ाुाव र सहयोग लिन सकिन्छ तर अगुवाई कसैलाई पनि दिन सकिन्न । देशको नागरिकता परित्यांग गरिसकेकाहरुको कुनैपनि हालतमा विश्वास गर्न सकिन्न । असली मान्छेको परिक्षण कडा समयले गर्दछ । हिजोको अप्ठ्यारो परिस्थितीमा नेपाली नागरिकता परित्यांग गर्ने र आज धन भएपछि नेपाली बन्छु भन्नेलाई कदापी विस्वास गर्न सकिदैन । भोली फेरि देश अप्ठ्यारोमा फस्दा यस्ता हरुले नेपालकै लिलामी गरेभने हामी नेपालीहरु कता गएर बस्ने रु यो विश्यमा आर्को नेपाल त छैन । त्यसैले एन्आरएन्एका पदाधिकारीहरुबाट ल्याईने सामुहिक लगानीको अवधारणालाई खाडि तथा मध्यपूर्बमा अपार असफलता हात लाग्ने ग्यारेन्टि छ । यस्तो बकम्फुसे कुरामा खाडि क्षेत्रमा कार्यरत मजदुरहरुको कुनैपनि प्रकारको सर्मथन र सहयोग रहनेछैन ।

 

त्यसैले एन्आरएन्ए भन्ने संस्थाको अगुवाईमा ल्याईने सामुहिक लगानी सम्बन्धी कार्यक्रममा गल्फ तथा मध्य पूर्वमा कार्यरत नेपाली मजदुरहरुको कुनै रुची छैन । यस्तो कदम नेपाल सरकार नेपालका सम्पूर्ण राजनैतिक दलहरु तथा विदेशमा कार्यरत नेपालीहरुको विभिन्न संघसंस्थाहरुको आव्हानमा मात्र यस्तो कार्यक्रम ल्याईनुपर्दछ भन्ने यो लेखको सारहो ।

 

एन्आरएन्एका सबै हर्ताकर्ताहरु बदमास र कालो विगत भएकहरु नै हुन् भन्नु यो लेखको आसय हैन । नत यिनीहरु सबै दलाली पेशाबाट उठेका हुन् भन्न खोजिएको नै हो । म्यानपावर ब्याब्यसाय आफैमा नराम्रो ब्याब्यसाय हैन । कृष्ण प्रसाद अधिकारी जस्ता ब्याक्तिहरुको पनि म्यानपावर ब्याब्यसाय छन् । उ मात्र पि्रु भिसाको ब्यापार गर्छ । पच्चीस तीस हजार मात्र पैसा असुल गरेर नेपाली मजदुरहरुलाई विदेश पठाउछ । नेपाली मजदुरहरुको माग गर्ने र उल्तै नेपाली म्यानपावर कम्पनीहरुसंग कमिशन माग्ने ठगी कम्पनीहरुलाई नेपाली मजदुर दिदैन र त्यस्ता दलालहरु संग ब्यापार पनि गर्दैन । एन्आरएन्ए चोरै चोरहरुको संस्थाहो भन्ने पनि यो लेखको आसय हैन । एन्आरएन्ए एन्सिसि दुबई तथा साउदीका अगुवाहरुले गरेका राम्राकामहरु जनमानसमा चर्चाको विषय बनेका छन् । उनीहरु धन्यवादका पात्रछन् । तर एन्आरएन्एमा भएका अगुवाहरु सबै दुबई तथा साउदीका एन्आरएन्ए प्रमुख जस्तो कदापी छैनन् । भएको भए नत यस्ता लेखहरु लेखिन्थ्यो वा लेख्न बाध्य परिन्थ्यो । कतार परिबेसको कुरा गर्नेहो भने एन्आरएन्ए एनेसिसि कतारले हालैमात्र एक विवादित सांस्किृतक कार्यक्रमको आयोजना गरेर अक्ष्ाु ठुलो विवादको खाडलमा जाकिएकोछ । कुनैपनि संघ संस्थासंग समन्यव नगरेर गरिएको उक्त्त कार्यक्रमलाई कतारमा कार्यरत नेपाली मजदुरहरुले बहिष्कार गरेका छन् । दुई चार जना नेपाली म्यानपावर ब्याब्यसायीहरुको कम्पनीहरुमा कार्यरत नेपाली मजदुरहरुल्ााई कार्यक्रम सफल बनाउने बहानामा फि्र टिकट दिएर भिड देखाउन खोजेपनि कार्यक्रमको ब्याब्यस्थापन अति विफल रहेको सो कार्यक्रम हेरेर फर्कनेहरु बताउछन् । नेपाली राष्ट्रिय खेलाडि दिपक विष्टलाई सम्मान गरेर  एन्आरएन्ए एन्सिसि कतार अक्ष्ाु विवादित भएकोछ । कसैको ब्याक्तिगत स्वार्थ सिद्धगर्नको लागी राष्ट्रिय खेलाडिलाई कतारमा बोलाएर सम्मान गरि नेपाली खेलाडिहरु पैसाको लागी जतापनि पुग्ने गर्छन भन्ने सन्देश दिईएको छ । तीनहजार नेपाली मजदुरहरुको उपस्थिती भनिएको सो कार्यक्रमको हिसाबकिताब पनि समयले गर्नेनैछ । लगभग तीसलाख नेरु फाईदा गरेको र धेरैभन्दा धेरै कम्पनीहरुले स्पोन्सर गरेको सो कार्यक्रममा कति माखा लागे भन्नेत आगामी दिनमा छर्लगं हुनेछ । त्यतिमात्र नभएर सो कार्यक्रम हुनुपूर्व कतारमा कार्यरत विभिन्न नेपालीहरुबाट अबैधानिक चन्दा संकलनको जुनकार्य भएकोथियो सोको विवरण कसरी प्रस्तुत गर्छन हेर्न बांकिनै छ । कतारका एन्आरएन्ए का प्रमुखहरुले नेपाली सांस्किृतिक केन्द्र स्थापना गर्नभनि लाखौं रुपियां भ्रष्टचार गरेको कुरा कसैबाट छुपेको छैन । कतारमा एन्आरएन्ए चलाउने समाजका लब्धप्रतिस्थित अग्रजहरु पूर्णतया म्यानपावर ब्याब्यसायका कतारका राजाहरु हुन र उहांहरुले सामुहिक लगानी र सु&a