भारतको केरला राज्यमा रहेको सबरीमाला मन्दिरबाट गन्तव्यतर्फ फर्कँदै गरेका श्रद्धालुहरुबीच भएको भागदौडमा कम्तीमा एक सय दुई जना मारिएका छन्।
अधिकारीहरुले भागदौड मच्चिएको स्थानमा एक लाख मानिस उपस्थित रहेको जनाएका छन्। गएराति भएको भागदौडका कारण पचास जना घाइते भएका छन्। सो स्थानमा उद्धार र राहत कार्य तीब्र बनाइएको भए पनि उद्धार कार्यमा कठिनाइ उत्पन्न भएको बताइएको छ।
अधिकारीहरुका अनुसार श्रद्धालुले भरिएको एक जिपले आफ्नो नियन्त्रण गुमाएपछि उक्त भागदौड मच्चिएको हो। घाइतेहरुलाई तीन वटा अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। शुक्रबार लाखौंको संख्यामा श्रद्धालुहरु मकर ज्योति दर्शनको लागि सवरीमाला मन्दिरमा पुगेका थिए।