सरकारले घटायो बजेट लक्ष्य, चालु आवमा ८७ प्रतिशत मात्रै खर्च हुने अनुमान (पूर्णपाठ)

spot_img

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) को बजेटको लक्ष्य घटाएको छ । सोमबार चालु आव २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले चालु आवमा कुल खर्चको ८७.३७ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको बताए ।

“लक्ष्यअनुसारको आम्दानी हुने अवस्था नभएपछि र खर्च गर्ने ट्रेन्डमा सुधारको कोसिस गरे पनि पूरा हुन समस्या लाग्ने देखियो,” महतले भने ।

सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर, अर्धवार्षिक समीक्षामार्फत सरकारले अब १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।

जसमा चालुतर्फ सुरुवाती विनियोजनको ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८७.३९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ ।

हेर्नुहोस् पूर्णपाठ :