ट्युनिसियाको प्रतिनिधि सभाका प्रमुखबाट कार्यवाहक राष्ट्रपतिको शपथग्रहण

ट्युनिसियाका राष्ट्रपति बेन अलिले आज जनवरी सोह्र तारिख आफ्नो पदबाट राजीनामा दिएपछि ट्युनिसियाली संविधानअनुसार, प्रतिनिधि सभाका प्रमुख फौआड मेबचाले आजदेखि राष्ट्रपतिको कार्यभार सम्हाल्नुका साथै कार्यवाहक राष्ट्रपतिको शपथग्रहण गर्नुभएको छ।

      ट्युनिसियाका भूतपूर्व राष्ट्रपति बेन अलिले जनवरी चौध तारिखका दिन सरकार भंग गरेका कारणले श्री मेबचाले प्रधानमन्त्री मोहमद गानौचिलाई सरकार गठन गर्न आह्वान गर्नुभएको छ। श्री गानौचिले यस विषयमा विभिन्न पार्टीसँग वार्ता गरीरहेको जनाएको छ।

      ट्युनिसियाका उच्च स्तीरय अधिकारीहरुले हालको राजनीतिक घटनाको कारण सामाजिक परिपाटी अशान्त भएको छ। अपराधिक गतिविधिलाई नियन्त्रण गर्न हालको सरकारले राजधानिमा प्रहरी र सेना तैनाथ गरेको छ।

      चीनले ट्युनिसियाको परिस्थितिमा नजर पुर्‍याउनुका साथै ट्युनिसियामा छिटै नै स्थीरता आउने आशा चीनले गरेको कुरा चिनियाँ परराष्ट्र मन्त्रालयले आज व्यक्त गरेको छ।