दक्षिण पूर्वि ब्रजिलमा दशकौं यताको भिषण बाढी र पहिरोका कारण मृत्यु हुनेहरुको संख्या ६ सय नाघेको छ। बाढी र पहिरोका कारण तहसनहस भएको रिओ द जेनेरिओ प्रान्तका गर्भनरले सो प्रान्तमा ७ दिने शोकको घोषणा गरेका छन्।
उता बाढी र पहिरोका कारण तहसनहस भएको क्षेत्रमा उद्धार र राहत कार्य खराव मौसमका कारण चुनौतीपूर्ण बनेको छ। बाढी र पहिरोग्रस्त क्षेत्रमा वर्षा भैरहेका कारण उद्धार र राहत कार्यमा कठिनाइ उत्पन्न भएको हो। बाढी र पहिरोग्रस्त क्षेत्रमा उद्धार र राहत कार्यको लागि सेनालाई खटाइएको छ। बाढी र पहिरोका कारण दक्षिण पूर्वि ब्रजिलमा ५ हजार भन्दा बढी मानिस घरवार विहिन बनेका छन्। अधिकारीहरुले रिओ द जेनेरिओ शहरको उत्तरी पहाडी क्षेत्रमा भएको वर्षा विगत ४४ वर्षयताकै सवैभन्दा भिषण रहेको बताएका छन्। भिषण वर्षाका कारण रिओ द जेनेरिओ शहर नराम्ररी प्रभावित बनेको छ।
यसैगरी भिषण वर्षापछिको बाढी र पहिरोका कारण टेरेसोपोलिश शहरमा ठूलो मानविय र भौतिक क्षति भएको छ। उता ब्रजिलको आर्थिक राजधानीको रुपमा चिनिने साउ पाउलो शहरको जनजीवन पनि बाढी र पहिरोका कारण नराम्ररी प्रभावित बनेको छ। शहरको यातायात ब्यवस्था अस्तब्यस्त बनेको छ।