संयुक्त राष्ट्र संघद्बारा दक्षिणी सुडानको जनमत-सँग्रहको मतदान सम्पन्न भएकोप्रति स्वागत

संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले हिजो उहाँका प्रवक्तामार्फत एक वक्तव्य प्रकाशित गर्दै दक्षिणी सुडानको जनमत-संग्रहको मतदान सम्पन्न भएकोप्रति स्वागत व्यक्त गर्नु भएको छ।

श्री बान की मुनले उक्त वक्तव्यमा खारतौमस्थित दक्षिणी सुडान जनमत-संग्रह आयोग र जुभास्थित जनमत-संग्रह शाखाले जनमत-संग्रहका लागि गरेको कार्यको प्रशंसा गर्नुका साथै दुई पक्षले “चौतर्फी शान्ति सम्झौता”लाई कार्यान्वयन गरेको कार्यको पनि प्रशंसा गर्नुभयो।


यसका साथै श्री बान की मुनले जनमत-संग्रह प्रक्रियालाई सहायता र समर्थन दिएका मुलुकहरुप्रति धन्यवाद दिनुका साथै जनमत-संग्रहको मूल्यांकन गरेका सुडानभित्र र विदेशी पर्यवेक्षक मुलुकहरुप्रति धन्यवाद दिनुभयो।


यसै गरी श्री बान की मुनले विगत एक हप्तामा सुडानीहरुले देखाएको विवेक, धीरता र शान्तिपूर्ण संकल्पप्रति शुभकामना दिनुका साथै सुडानी जनता र सम्बन्धित संस्थालाई धीरता तथा संयम निरन्तर रुपमा कायम राख्न आव्हान गर्नुभयो।