-अनिल नेपाली , प्युठान ।
प्युठान – कार्यक्रम नेकपा केन्द्रीय सदस्य तथा प्युठान इन्चार्ज जागृति सी प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । कार्यक्रममा मन्तब्य राख्दै बर्तमान व्यवस्था रहेसम्म देशले निकास नपाउने हुदा युवाहरू बैज्ञानिक सत्ता र व्यवस्थाका लागि सर्घष गनुपर्ने बताउदै युवाहरू परिवर्तनका सवाहक भएकोले अब युवाहरूले नेतृत्व दायि भुमिका खेल्नुपर्ने बताए ।
कार्यक्रममा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा युवा संगठन नेपालका केन्द्रीय सचिव विश्लेषण सी , केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा प्युठानका पुर्व इन्चार्ज सुर्यप्रकाश सी , केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पुर्वी प्युठानका सेक्रेटरी मुस्कान सी, सहिद परिवार तथा जिल्ला सल्लाहकार माेहन सी , नेकपा प्युठानका पुर्व जनसरकार प्रमुख तथा माण्डवी गां पां वडा नं. १ का वडा अध्यक्ष बाम बहादुर बुढा लगायतले बधाई तथा सम्मेलन सफलताको शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
सम्मेलनले रणबीर सी काे अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेकाे छ । जसकाे उपाध्यक्षमा देवा सी, सचिव महेश सी , सहसचिवमा सुनिता सी र काेषाध्यक्ष वुद्व सी लगायत रहेका छन् ।
कार्यक्रमकाे अध्यक्षता संगठनका केन्द्रीय सदस्य तथा प्युठान इन्चार्ज बिरवल सी र सन्चालन संगठनका जिल्ला संयाेजक मुक्ति सी ले गरेका थिए ।