भारतका विदेशमन्त्री श्री एश.एम.कृष्णाले अस्ट्रेलियाको तीन दिने भ्रमणका लागि आज अठार तारिखका दिन नयाँ दिल्लीबाट त्यसतर्फ प्रस्थान गर्नुभयो। अस्ट्रेलियाले भारतसँग युरेनियम बिक्रीसम्बन्धी निषेधित आदेश रद्द गर्ने विषय नै यस भ्रमणको मुख्य उद्देश्य हो।
भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको समाचारअनुसार , भ्रमण अवधिमा भारतका विदेशमन्त्री श्री एश.एम.कृष्णाले अस्ट्रेलियाका विदेशमन्त्री श्री केभिन रुडसँग भारत र अस्ट्रेलियाका विदेश-मन्त्रीस्तरीय तेस्रो प्रारुप सम्मेलन आयोजना गर्नुहुने र अस्ट्रेलियाका प्रधानमन्त्री जुलिया गिलार्डसँग भेटघाट गर्नुहुने कार्यक्रम छ।
सो अवसरमा उहाँहरुले मुख्य रुपमा द्बिपक्षीय समस्याबारे छलफल गर्नुहुनेछ। अस्ट्रेलियालाई युरेनियम निर्यात गर्नेबारेको नीतिमा केही परिवर्तन गराउनु उहाँको मुख्य उद्देश्य हो।