कतारमा जारी एसियन कप फुटवल प्रतियोगितामा अवलोकनका लागि सहभागी अर्घाखाँचीका युवाहरु

– उमाकान्त पाण्डे गाउले

 

– कतारमा जारी एसियन कप फुटवल प्रतियोगिता अहिले विश्व भरका फुटवल खेलप्रेमीको लागि आकर्षकको केन्द्र बिन्दु बनेको छ। कतारका लागि मात्र होइन, ६ महिनायता एसिया नै अन्तर्राष्ट्रिय फुटबलमा भाग्यमानी हुँदै आएको छ ।



 

प्रदर्शन होस् वा व्यवस्थापन, एकपछि अर्को गर्दै एसियाले महत्त्वपूर्ण उपलब्धि आत्मसात् गरिरहेको छ ।पहिलो त, दक्षिण अफ्रिकामा जून-जुलाईमा भएको विश्वकप फुटबलमा एसियाली टिमको प्रदर्शन बलियो रह्यो । त्यसमा जापान र दक्षिण कोरियाले नकआउट चरणको यात्रा तय गरे।त्यसपछि दक्षिण कोरियाली महिला टिमले यु-१७ वुमेन्स वल्र्डकपको उपाधि जित्यो।कतारले पाएको सन् २०२२ को विश्वकप आयोजना गर्ने अधिकारलाई ६ महिनायताको तेस्रो उपलब्धि हो।यी तीन उपलब्धिसँगै एसियाली फुटबलले लामो फड्को मार्ने निश्चितजस्तै देखिएको छ।भविष्यको निश्चितता नहुने भएकाले ठोकुवा गर्न भने मिल्दैन । यस्तो सुन्दर यात्रा गरिरहेको स्थितिमा ‘एसियन कप’ को १५ औं संस्करण कतारमा जारी छ। महादेशीय प्रतियोगिताको दोस्रो आयोजना कतारका लागि १२ वर्ष हुने विश्वकप फुटबलको पूर्वाभ्यास पनि रहने छ।

 




एसियाका उत्कृष्ट १६ देशको सहभागितामा प्रतियोगिता कतारले भव्य रूपमा आयोजना गर्नु आँफैमा उपलब्धीहो। त्यस समब्न्धी समाचार विवरण हामीले धेरै पहिला बाट दिदै आएका थियौ।यसअघि उसले सन् १९८८ मा एसियन कपको सफल आयोजना गरेको थियो।पाँच वर्षअघि एसियाली खेलकुद भव्य रूपमा सम्पन्न गरेकाले पनि उसलाई एसियन कपका सफल आयोजना गाह्रो देखिदैन।

 




दुई दशकयता जे-लिगको सुरुआतसँगै अन्तर्राष्ट्रिय फुटबलमा परिष्कृत प्रदर्शन गर्दै आएको जापानले तीनपल्ट एसियन कप जितेको छ। यस् पाली कस्को कोल्टामा पर्ने हो भन्न सक्ने स्थिती छैन। ओसियाना क्षेत्र छाडेर ५६ वर्षअघि एसियाली फुटबल महासंघमा प्रवेश गरेको हो। अस्टे्रेलिया चार वर्षपछिको एसिया कपको आयोजक रहने छ।
एसियन कपका सम्पन्न १४ मध्ये नौ संस्करणको उपाधि खाडी मुलुकले लगेको छ।त्यसैले यसपल्ट सहभागी नौ खाडी देशलाई पनि कमजोर आँक्न मिल्दैन।तीन-तीनपल्टको विजेता इरान र साउदी अरेबिया एसियाली फुटबलका परम्परागत शक्ति मानिन्छन्।राम्रो लयमा नरहेकाले डिफेन्डिङ च्याम्पियन इराकका लागि उपाधि रक्षाको अभियान सहज हुने छैन ।

 




एसियन कप-१९६८ को उपविजेता भारत पनि २७ वर्षपछि महादेशीय फुटबलको सर्वोच्च प्रतियोगितामा फर्केको छ । दक्षिण एसियाली फुटबलमा आधिपत्य जमाएको उसलाई प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको छ।उत्तर कोरिया पनि १९ वर्षयता पहिलोपल्ट एसियन कप खेलिरहेको छ।

 




राजधानी दोहा र अल रायनका चार रंगशालामा खेल सञ्चालन भईरहेका छन। प्रतियोगितामा कुल ३२ खेल हुनेछन्।त्यसमध्ये २४ खेल समूह चरणका हुन्।चार समूहमा शीर्ष दुई स्थानमा रहने आठ टिमले नकआउट चरणमा प्रवेश पाउनेछन्।पचास हजार दर्शक क्षमताको खालिफा स्टेडियममा उद्घघाटन खेलमा अर्घाखाँची बल्कोट ३ साजबोटका मोतीलाल भुसालको नेत्रित्वमा गएको एक खेल प्रेमी टोलीले लिएका केही तस्विर हरु अर्घाखाँची टाईम्स यूएई डेस्कमा प्राप्त भएका छन।



अन्य समाचारहरु