इराकको टिक्रीट शहर स्थित एउटा प्रहरी भर्ती केन्द्र बाहिर आत्मघाति बम विस्फोट हुँदा कम्तीमा पचास जनाको मृत्यु भएको छ।
राजधानी बग्दाद देखि एक सय तिस किलोमिटर उत्तरमा अवस्थित टिक्रीट स शहरमा गराइएको सो विस्फोट परी एक सय पचास जना भन्दा बढी घाइते भएका छन। एक आत्मघाति आक्रमणकारी आफ्नो शरिरमा ल्याएको विस्फोटक पदार्थ अर्न्तवार्ताका लागि पक्तिबद्ध भएका मानिसहरुको पक्तिमा विस्फोट गराएको बताइएको छ।
गत अक्टोबरमा हतियारधारी लडाकूले बग्दाद स्थित एउटा गिर्जाघरलाइ नियन्त्रणमा लिएपछि भएको आक्रमणमा पचास भन्दा बढी मानिसको मृत्यु भएको थियो। सो आक्रमण पछि इराकमा एक आत्मघाति आक्रमणकारीले गरेको यो ठुलो आक्रमण हो।