आवाज रोकियो, यात्रा रोकियो भने पार्टी बनाउने जिम्मा जनताको, ” राम्रो गरुन्जेल घण्टी बजाउनुस, नराम्रो गर्दा घण्टीले हामीलाई नै बजाइदिनुस” : रवि लामिछाने (तस्बिर सहित)

spot_img

काठमाडौं । रास्वपाका अध्यक्ष सभापति रवि लामिछानेले षड्यन्त्रले आफनो आबाज रोक्ने प्रयास भएको बताउनु भएको छ ।

कपिलवस्तुको जीतपुरस्थित बुद्ध रंगशालामा रास्वपाको खुलासभालाई सम्बोधन गर्दे सभापति लामिछानेले षडयन्त्रले आवाज रोकियो भने, यात्रा रोकियो भने पार्टी बनाउने जिम्मा जनतालाई दिने बताउनु भयो ।

उहाँले भनुभयो ‘यो आवाज रोकियो भने, यात्रा रोकियो भने पार्टी बनाउने जिम्मा तपाईं जनतालाई दिन्छु। किनकि, एउटा मान्छेले गरेर केही पनि हुँदैन, धेरै मान्छे चाहिन्छ।’

उहाँले भन्नुुभयो ‘ मान्छेका रुपमा कैयौं कमजोरी भएका होलान्। तर, देशलाई घात गर्ने र जनतालाई ठग्ने एउटा पनि काम गरेको छैन्। मैले कसैलाई अन्याय गरेको रहेछु भने सोही व्यक्ति आओस्। शक्तिको दुरुपयोग गरी झुटा र अनर्गल प्रचार गरेर मलाई कसैले कमजोर बनाउन सक्दैन, प्रयास नै नगरे हुन्छ।’

जनताले परिवर्तनको कसम खाने र चार वर्ष प्रतिवद्ध रहे मुलुक परिवर्तन हुने दाबी गर्दे उहाँले भन्नुभयो– ‘म शक्तिशाली जनता हुँ, दास होइन। नोकर होइन। म लोभी होइन। रक्सी–मासुमा भोट बेच्नेवाला होइन। म सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छरु र, त्यो कसम चार वर्ष टिकाउन सक्नुहुन्छ र सक्नुहुन्छ भने यो देशमा परिवर्तन कसैले पनि रोक्न सक्दैन।’

उहाँले भन्नुभयो ‘एक कार्यकाल बहुमतको सरकार चलाएर आफूले भनेका कुरा पूरा गर्न नसके राजनीतिबाटै अलग हुने। राम्रो गरुन्जेल घण्टी बजाउनुस्। नराम्रो गर्दा घण्टीले हामीलाई नै बजाइदिनुस्।’