चीनका राष्ट्रपति हु जिन्ताओ चार दिने भ्रमणका क्रममा अमेरिकामा, बेइजिङ र वासिंटनबीचको व्यापारीक मुद्दाहरुमा वार्ता


 

चीनका राष्ट्रपति हू जिन्ताओ ४ दिने भ्रमणका क्रममा अमेरिका पुगेका छन्। उनलाई अमेरिकी उपराष्ट्रपति जो बाइडेनले बायु सैनिक अखाडामा स्वागत गरेका थिए।

 

आफ्नी पत्निसहित अमेरिका भ्रमणमा रहेका हूले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति बाराक ओबामा, विदेशमन्त्री हिलारी क्लिंटन र राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहाकार टोम डोनिलोनसँगको भोजमा सहभागिता जनाएका थिए। क्लिंटनले चीनिया सरकारी टेलिभिजन सिसिटीभिसँग बेइजिङ्ग र वाशिंगटनबीच जल्दाबल्दा मुद्धाहरुमा खुलेर वार्ता हुने जनाएकी छिन्।

 

हू बेइजिङ्गको वाशिंगटनसँग बढ्दै गएको ब्यापारिक तनाव कम गर्ने उद्देश्यका साथ अमेरिका पुगेको बताइएको छ। यद्यपी उनले अमेरिकी नेताहरुसँग राजनैतिक एवं क्षेत्रिय मुद्धाहरुमा पनि छलफल भएको जनाइएको छ।