बाढी र पहिरोका कारण दक्षिण अफ्रिकामा एकचालिस जनाको मृत्यु, आठवटा प्रान्तलाई संकटग्रस्त घोषणा

दक्षिण अफ्रिकामा बाढीका कारण ४१ जनाको मृत्यु भएको छ भने दर्जनौ हराइरहेका छन्। भिषण वर्षा र बाढीका कारण नराम्ररी प्रभावित बनेको मुलुकको ९ प्रान्तमध्ये ८ वटालाई विपत्ति क्षेत्र घोषणा गरिएको छ।

 

यसैगरी बाढीका कारण छिमेकी मुलुक मोजाम्बिकमा १० जनाको मृत्यु भएको छ भने १० हजार भन्दा बढी मानिस विस्थापित बनेका छन्।

 

वर्षा र बाढीका कारण मलावी, जाम्बिया र जिम्बाब्वे पनि प्रभावित बनेको बताइएको छ। दक्षिणी अफ्रिकी क्षेत्रमा यो महिना लगातारको वर्षा र बाढीका कारण अर्बै डलरको क्षति भैसकेको छ।