Photo: Arghakhanchi.Com/ file
सन्धिखर्क, अर्घाखाँची – गाउँ- गाउँमा संचार पुगेपछि अर्घाखाँची जिल्लाका स्थानीय बासिन्दामा खुसियाली छाएको छ । नेपाल टेलीकमले जिल्लाका सबै गाविसका गाउँ- गाउँमा मोबाईल फोन सेवा विस्तार गरेपछि यहाँका बासिन्दाहरुमा खुसियाली छाएको हो ।
टेलीकमले जिल्लाका पणेना बल्कोट पाली अड्गुरी सितापुर ठाडा वाङ्ला खन मरेङ अर्घा किमडाँडा असुरकोट नुवाकोट कुर र सन्धिखर्क गरि १५ स्थानमा मोबाईल टावर निर्माण गर्नुका साथै जिल्लाको ठाडा खाँची मैदान खन सन्धिखर्क र गोखुङ्गा गरि ६ स्थानमा मोबाईल टावर निर्माण गरि करीब ९० हजार जनालाई मोबाईल सेवा प्रदान गर्दै आएको छ ।
अर्घाखाँचीमा हालसम्म ५० हजार नमस्ते टेलिफोनका सीम कार्ड वितरण गरिएको छ भने करीब ३० हजारभन्दा बढी नमस्तेका सीम कार्ड अन्य जिल्लाबाट ल्याएर प्रयोग गरिएको अनुमान छ । टेलिकमले स्काई मोबाईलका ५ हजार सीम कार्ड वितरण गरेको र करीब १० हजार भन्दा बढी सीम कार्ड स्थानीय बासिन्दाहरुले अन्य जिल्लाहरुबाट ल्याई प्रयोग गर्दै आएको टेलीकम कार्यालय अर्घाखाँचीले जनाएको छ । गाउँमा मोबाईल सचालन भएपछि आफुहरुलाई निक्कै राहात र सजिलोको भएको स्थानीय बासिन्दाहरुको भनाइ छ । आफ्नो घरबाटै मोबाईलमा कुरा गर्न पाएपछि अर्घाखाँचीका बासिन्दाहरु अहिले दग भएका छन् । सानो कामका लागि पनि पैतला खियाएर हिड्नु पर्ने बाध्यता गाडी चढेर जानु पर्दाको खर्च मात्र होईन समयको बचत समेत भएको उनीहरुको भनाई छ ।
आफ्नो घरमै मोबाईल सचालन भएपछि स्गानीय बासिन्दाह्रुले देश विदेशमा रहेका आफन्तजनहरु सूग कुराकानि गर्न मात्र होईन खेताला खोज्न चाडबाड मेलापर्व र भोज भतेरमा आफन्तहरुलाई निम्ता गर्न बजारमा सामानको मुल्य थाहा पाउन पनि मोबाईलकै प्रयोग गर्ने गरेका छन् । जिल्लाको गोखुंगा गाविस वाडं नं- ६ कि ८५ वर्षिय छमकला पौडेलले ३ वर्षदेखि दुबईमा बसेका नातिसूग पहिलो पटक घरबाटै कुरा गर्न पाऊदा सपनामा हराएको महसुस गरिन् सपना होकि भनेर नपत्याई शरिर चिमुटे बिपनै रहेछ पहिलो मोबाईल प्रयोग गर्दाको खुसी उनले सुनाईन् ।
खन गाविस वार्ड नं- ६ कि जमुना खनालले पनि गाउँमा मोबाईल आउँला भनेर कहिल्यै कल्पना नगरेको बताउँछिन् । ५ वर्ष पहिल्यै विदेशमा रहेका आफ्ना श्रीमानलाई फोन गर्न सदरमुकाम जाँदा २ दिन लागेको र एक हजार भन्दा बढी रुपैया खर्च भएको अनुभव उनीसँग अझै ताजाछ यसरि घरबाटै विदेशमा रहेका आफ्ना श्रीमानसूग कुरा गर्न पाउँदा साह्रै हर्ष लागेको उनको भनाई छ ।
पौडेल र खनाल त केबल उदाहरण मात्र हुन् । गाउँ गाउँमा मोबाइल आएपछि खुसीमा रमाउने हरुको संख्या अर्घाखाँचीमा हजारौ छ । मोबाईल फोनबाट धेरै लाभ ल्याउन पाउँदा निक्कै खुसी भएका स्थानीय बासिन्दाहरु यसको उपयोग सही ठाउँमा नहुँदा भने निक्कै चिन्तित छन् । स्कुल कलेज पढ्ने विद्यार्थी र युवायुवतिले मोबाईल प्रयोग गर्नुलाई उनीहरुले संवेदनशील मान्न थालेका छन् । मोबाईलका कारण जिल्लामा विकृती फैलिन थालेको प्रति उनीहरुको दुखेसो छ ।
गाउँमा मोबाईल साचालन भएपछि सामुदायिक उपभोक्ता समिति बाटो समिति खानेपानि समिति आमा समुह सहकारी संस्था लगायतका सामाजिक संघसंस्थाका बैठक बस्ना पनि निक्कै सजिलो भएको स्थानीय बासिन्दाहरुको भनँई छ ।
टेलीकमलॆ २ सय रुपैूयाको दररेटमा नमस्ते मोबाईलको सीम कार्ड उपलब्ध गराएपछि गाऊमा अति गरिब र विपन्न परिवारका सदस्यहरुले पनि आरुनो गास हटाएर मोबाईल किन्न थालेको जनाईएको छ । टेलीकमले गुणस्तर सुधारका लागि जिल्लाका थप ४ स्थानमा मोबाईल द्यत्क् राख्ने तयारि गरेको छ । कार्यालयमा सीमित स्रोत र साधान भएका कारण दुर्गम इलाकामा रहेका मोबाईल टावरहरु मर्मत गर्न गाह्रो भएको टेलीकम अर्घाखाँचीका प्रमुख गोविन्द पराजुलीले बताए ।
– रासस