चीनको सैन्य शक्तिले कुनैपनि राष्ट्रलाई खतरा नपार्ने चिनियाँ राष्ट्रपति हू जिन्ताओको स्पष्टोक्ति

अमेरिका भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति हु जिन्ताओले चीनको सैन्य शक्तिले कुनै पनि राष्ट्रलाई खतरा नपार्नेे स्पष्ट पारेका छन्। भ्रमणको तेस्रो दिन अमेरिकी व्यापारी र वरिष्ठ नेताहरुसँगको भेटमा राष्ट्रपति हुले चीनले अन्य राष्ट्रमा सैन्य प्रभुत्व लाद्न नचाहेको पनि स्पष्ट पारे।

 

उनले आर्थिक र सुरक्षा मामलामा सहकार्य गर्न अमेरिकी अधिकारीसँग आग्रह गरेका छन्। शिकागो शहरको भ्रमणका क्रममा राष्ट्रपति हूले त्यहाँका नगरप्रमुख रिचार्ड डेले, प्रमूख व्यापारी र राजनीतिक दलका वरिष्ठ नेताहरुसँग पनि भेटघाट गरेका छन्। त्यसैगरी वाशिङ्टन डिसीमा जनरल इलेक्ट्रिक, कोकाकोला र बोइङ्ग कम्पनीका व्यापारीसँगको भेटमा हुले चीन शान्तिपूर्ण विकासको पथमा प्रतिबद्ध रहेको बताएका छन्।

 

अमेरिकी अधिकारीहरुले एशियामा चीनको प्रभावका विषयमा राखेको जिज्ञासामा राष्ट्रपति हूले ताइवान र तिब्बत सम्बन्धी मुद्धा चीनको सार्वभौमिकता र क्षेत्रीय अख48डता भएको बताए। ताइवान र तिब्बत मामला एक अर्ब तिन करोड चिनियाँ नागरिकको राष्ट्रिय भावनासँग जोडिएको मुद्धा भएको राष्ट्रपति हूको भनाइ थियो।